close

‘अर्थमन्त्री विष्णु पौडेलमाथि आक्रमण भएको भन्दै फैलिएका भिडिओ भ्रामक हुन्’

टेकपाना टेकपाना

भदौ २५, २०८२ १२:२९

‘अर्थमन्त्री विष्णु पौडेलमाथि आक्रमण भएको भन्दै फैलिएका भिडिओ भ्रामक हुन्’

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि आक्रमण भएको दाबी गर्दै सामाजिक सञ्जालमा फैलिएका भिडिओ भ्रामक भएको उनको सचिवालयले स्पष्ट पारेको छ ।

अर्थमन्त्री पौडेलका स्वकीय सचिव यम पाण्डेले बुधबार बिहान फेसबुकमा एक पोस्ट राख्दै पौडेलमाथि कुनै आक्रमण नभएको जनाएका छन् ।

“२०८२ साल भदौ २४ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडिओहरू भ्रामक हुन् । उहाँमाथि कुनै आक्रमण भएको छैन,” स्वकीय सचिव पाण्डेले लेखेका छन् ।

पछिल्लो अध्यावधिक: भदौ २५, २०८२ १२:३५