close

जेन-जी प्रदर्शनका कारण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा

टेकपाना टेकपाना

भदौ २५, २०८२ १७:५९

जेन-जी प्रदर्शनका कारण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा

काठमाडौँ । विषम परिस्थितिका कारण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ । विमानस्थल नागरिक उड्डयन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै बुधबार दिउँसोबाट विमानस्थल सञ्चालनमा आएको जानकारी दिएको हो ।

सूचना अनुसार २४ भदौदेखि बन्द रहेका हवाई उडान बुधबार बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समितिको बैठकको निर्णयानुसार पुनः सुरु गरिएको छ ।

विमानस्थल कार्यालयले हवाई उडानका लागि यात्रा गर्ने यात्रुलाई सिधै विमानस्थल नआउन अनुरोध गरेको छ । यात्रुहरूले आ-आफ्नो वायुसेवा कम्पनीमा सम्पर्क गरी उडानको समयबारे यकिन जानकारी लिएर मात्र विमानस्थल आउन भनिएको छ । साथै विमानस्थलमा आउँदा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा राख्न पनि आग्रह गरिएको छ । 

 

पछिल्लो अध्यावधिक: भदौ २५, २०८२ १७:५९