close

राष्ट्रपति भेट्न जेन-जी आन्दोलनका अगुवा ९ घण्टादेखि कुरेको कुर्‍यै

टेकपाना टेकपाना

भदौ २७, २०८२ १७:२६

राष्ट्रपति भेट्न जेन-जी आन्दोलनका अगुवा ९ घण्टादेखि कुरेको कुर्‍यै

काठमाडौँ । राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका जेन-जी आन्दोलनका अगुवामध्येका एक सुधन गुरुङ नौ घण्टादेखि कुरिरहेका छन् । अझैसम्म राष्ट्रपति रामचन्द्र पौडेल भेटका लागि समय नदिएको जेन-जी आन्दोलन सहजीकरण गरिरहेको ‘हामी नेपाल’ ले जनाएको छ । 

‘हामी नेपाल’ का अनुसार गुरुङले राष्ट्रपति पौडेलबाहेक अरू कर्मचारी वा मध्यस्थकर्तासँग कुरै नगर्ने अडान लिएका छन् । राष्ट्रपति पौडेलसँग एक्ला एक्लै (वान-अन-वान) नभेट्ने भन्दै गुरुङले आफ्नो टिम लिएर मात्रै भेटवार्ता गर्ने बताएका छन् । 

बिहीबार राति अन्तरिम प्रधानमन्त्री पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउने सहमति भएको भनिए पनि जेन-जी आन्दोलनले उठाएका अन्य मागबारे सहमति भएको छैन । संघीय संसद विघटन गर्नुपर्ने माग जेनजी युवाहरूले सशक्त रूपमा उठाउँदा अन्तरिम प्रधानमन्त्री नियुक्तिमा ढिलाइ भइरहेको बताइएको छ ।



 

पछिल्लो अध्यावधिक: भदौ २७, २०८२ १७:३२