close

भिभो र दराजबिच दशैंको लागि सहकार्य, ग्राहकलाई ७ हजार रुपैयाँसम्म छुट र २ नयाँ स्मार्टफोन उपलब्ध

टेकपाना टेकपाना

असोज १, २०८२ १८:३१

भिभो र दराजबिच दशैंको लागि सहकार्य, ग्राहकलाई ७ हजार रुपैयाँसम्म छुट र २ नयाँ स्मार्टफोन उपलब्ध

काठमाडौँ । स्मार्टफोन ब्राण्ड भिभोले ई-कमर्स प्लेटफर्म दराजसँग दशैं ९.९ अभियानका लागि सहकार्य गरेको छ । २ असोजदेखि १८ असोजसम्म सञ्चालन हुने अभियानमा कम्पनीले आफ्ना ग्राहकलाई विशेष छुट, रोमाञ्चक पुरस्कार र भिभोका नवीनतम उत्पादनहरूमा पहुँचको अवसर प्रदान गर्ने भएको छ ।

अभियान अन्तर्गत ग्राहकहरूले निश्चित भिभो स्मार्टफोनको खरिदमा सात हजार रुपैयाँसम्मको छुट भौचर प्राप्त गर्न सक्नेछन् । यसै अवसरमा भिभोले दराज मार्फत दुई नयाँ डिभाइस, भिभो भी६औ र भिभो वाई२१डी औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

भिभो भी६० भी सिरिजको नयाँ फ्ल्यागशिप स्मार्टफोन हो भने भिभो वाई२१डी वाई सिरिजको स्टाइलिश र ड्युरेबल मोडेल हो । यी दुवै मोडेलले एड्भान्स्ड सुविधाहरू र आजका युवाहरूको आवश्यकता अनुसार उच्चस्तरीय प्रदर्शन प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यस अवसरमा बोल्दै भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले भने, “दशैं अभियानका लागि दराजसँगको हाम्रो सहकार्यले यस चाडपर्वको सिजनलाई हाम्रा ग्राहकहरूका लागि थप फलदायी बनाउने हाम्रो प्रतिबद्धता झल्काउँछ । अतुलनीय अफरहरू, रोमाञ्चक पुरस्कारहरू र हाम्रो फ्ल्यागशिप भिभो भी६० तथा युवा-केन्द्रित भिभो वाई२१डी लन्चसँगै हामी दशैंलाई अझ विशेष बनाउने लक्ष्य राखेका छौं ।”

पछिल्लो अध्यावधिक: असोज १, २०८२ १८:४१