close

दशैंमा ६२ ओटा हाई-मास्ट लाइट बालेर काठमाडौँलाई उज्यालो बनाइँदै, १२ ओटा बल्न थाले

टेकपाना टेकपाना

असोज ७, २०८२ १९:२१

दशैंमा ६२ ओटा हाई-मास्ट लाइट बालेर काठमाडौँलाई उज्यालो बनाइँदै, १२ ओटा बल्न थाले

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करिब १० करोड रुपैयाँ लागतमा जडान गर्न लागेको ६२ ओटा हाई-मास्ट लाइटमध्ये १२ ओटा सञ्चालनमा आएका छन् । दशैंअघि नै सबै लाइट सञ्चालनमा ल्याउने महानगरको लक्ष्य रहेको छ ।

विगत तीन वर्षदेखि विभिन्न कारणले रोकिएको हाई-मास्ट लाइट जडान कार्यले अब मूर्तरूप लिन थालेको हो । महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले ‘उज्यालो महानगर योजना’ अन्तर्गत ६२ ओटा हाई-मास्ट लाइट जडान गर्ने काम तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए ।

“हालसम्म १२ ओटा लाइट प्रज्वलन भइसकेका छन् । दशैंभन्दा अघि बाँकी सबै लाइट प्रज्वलन गर्ने तयारी भइरहेको छ,” शाहले सामाजिक सञ्जालमा लेखेका छन् ।

त्यस्तै अघिल्लो कार्यकालमा जडान गरिएका तर सञ्चालनमा नआएका दुई हजारभन्दा बढी सोलार स्ट्रिट लाइटलाई विद्युतमा रूपान्तरण गरी प्रयोगमा ल्याइएको उनले जानकारी दिए । उनका अनुसार करिब ८५ करोड रुपैयाँ लागतको सडक बत्ती खरिद तथा जडान कार्य अन्तिम चरणमा पुगेको छ ।

पछिल्लो अध्यावधिक: असोज ७, २०८२ १९:२१