close

शिक्षा मन्त्रीले सुरु गरे ह्वाट्सएप च्यानल, जनताबाट सल्लाह-सुझाव बटुल्ने

टेकपाना टेकपाना

असोज ९, २०८२ १३:५१

शिक्षा मन्त्रीले सुरु गरे ह्वाट्सएप च्यानल, जनताबाट सल्लाह-सुझाव बटुल्ने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ह्वाट्सएप च्यानल सञ्चालनमा ल्याएका छन् । बिहीबारदेखि सुरु गरिएको यो च्यानलमार्फत मन्त्री पुनले जनताबाट सल्लाह र सुझाव संकलन गर्ने उद्देश्य राखेका छन् ।

जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाएका पुनले निरन्तर नयाँ पहल गर्दै आएका छन् । उनको इच्छाअनुसार केशरमहलस्थित मन्त्रालय परिसरमै बस्ने व्यवस्था समेत मिलाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज ९, २०८२ १४:०