close

जेनजी आन्दोलनका घाइतेका लागि विशेष क्लिनिक, डाक्टर र एम्बुलेन्स सेवा उपलब्ध (फोन नम्बरहरू)

टेकपाना टेकपाना

असोज १२, २०८२ १५:५२

जेनजी आन्दोलनका घाइतेका लागि विशेष क्लिनिक, डाक्टर र एम्बुलेन्स सेवा उपलब्ध (फोन नम्बरहरू)

काठमाडौँ । जेनजी आन्दोलनका घाइतेहरूलाई सहज र व्यवस्थित उपचार प्रदान गर्न गृह मन्त्रालयले नयाँ कदम चालेको छ । मन्त्रालयले देशभरका १६ ओटा प्रमुख अस्पतालमा ‘जेनजी क्लिनिक’ स्थापना गरी घाइतेहरूको उपचारका लागि विशेष व्यवस्था मिलाएको हो । 

यसका साथै घाइतेहरूलाई परिचयपत्र वितरण, नि:शुल्क एम्बुलेन्स सेवा र प्रत्येक क्लिनिकमा फोकल डाक्टर तथा एम्बुलेन्स ड्राइभरको सम्पर्क नम्बर सार्वजनिक गरिएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार ट्रमा सेन्टरमा घाइतेहरूलाई भेटेर परिचयपत्र वितरणको सुरुवात गरे । यो परिचयपत्रका आधारमा घाइतेहरूले सम्बन्धित अस्पतालमा नि:शुल्क उपचार प्राप्त गर्ने बताइएको छ ।

सोमबारदेखि नै देशभरका जिल्ला प्रशासन कार्यालयहरूबाट परिचयपत्र वितरण कार्य सुरु हुने मन्त्रालयले जनाएको छ । घाइतेहरूको फलोअप उपचारलाई थप व्यवस्थित बनाउन र उनीहरूको अवस्था अनुसारको उपचार विधि निर्धारण गर्नका लागि उपचारमा संलग्न विज्ञ डाक्टरहरूको संयोजकत्वमा एक कार्यदल गठन गरिने बताइएको छ ।

मन्त्रालयका अनुसार यस कार्यदलले घाइतेहरूको वर्गीकरण गरी उचित उपचारको व्यवस्था मिलाउनेछ । साथै, एकपटक उपचार गराएर फलोअपका लागि पटकपटक अस्पताल जानुपर्ने घाइतेहरूका लागि स्वास्थ्य मन्त्रालय र सम्बन्धित अस्पतालले नि:शुल्क एम्बुलेन्सको व्यवस्था मिलाउनेछन् । 

जेनजी क्लिनिक स्थापना भएका अस्पतालहरू, फोकल डाक्टर र एम्बुलेन्स सम्पर्क नम्बर:

पछिल्लो अध्यावधिक: असोज १२, २०८२ १६:१६