पोर्ट्रेट फोटोग्राफीमा केन्द्रित ‘भिभो भी६० लाइट’ नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर
असोज ३०, २०८२ १४:१८
काठमाडौँ । स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो लोकप्रिय भी सिरिज अन्तर्गतको नयाँ मोडेल ‘भिभो भी६० लाइट’ नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । फोरजी र फाइभजी भेरियन्टमा उपलब्ध यो फोनलाई कम्पनीले ‘ट्राभल पोर्ट्रेट पर्फेक्ट पार्टनर’ को रूपमा प्रस्तुत गरेको छ ।
भी६० लाइटमा कम्पनीको तेस्रो पुस्ताको एआई औरा लाइट पोर्ट्रेट ३.० प्रविधि समावेश गरिएको छ । यो प्रविधिले सामान्य फ्ल्यासभन्दा ७३ गुणा सफ्ट र प्राकृतिक प्रकाश प्रदान गर्ने कम्पनीको भनाइ छ । यसले छालाको रङ्गलाई स्वाभाविक बनाउँदै प्रकाश क्षेत्रफल ४.२ गुणा बढाउने दाबी गरिएको छ । साथै, स्मार्ट लाइटिङ कन्ट्रोल फिचरले वातावरण अनुसार प्रकाशको रङ्ग तापक्रम स्वचालित रूपमा मिलाउने सुविधा दिन्छ ।
फोनमा ५० मेगापिक्सेल सोनी आईएमएक्स ८८२ मुख्य क्यामेरा, ८ मेगापिक्सेल वाइड-एङ्गल लेन्स र ३२ मेगापिक्सेल एचडी सेल्फी क्यामेरा छ । कम्पनीका अनुसार यसले हरेक प्रकाशमा प्रोफेसनल गुणस्तरको पोर्ट्रेट फोटोग्राफी सुनिश्चित गर्छ । साथै, मास्टर पोर्ट्रेट स्टाइल, एआई मास्टर एचडी अल्गोरिथम र फोरके भिडिओ रेकर्डिङ जस्ता फिचरले भिडिओ र फोटो दुवैमा प्रोफेसनल अनुभव प्रदान गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
भिभो भी६० लाइटमा रहेको एआई फोर-सिजन पोर्ट्रेट फिचरले चारै ऋतुबाट प्रेरित कलर र इफेक्टहरू सिर्जना गर्ने बताइएको छ । साथै, एआई इरेज ३.० र एआई इन्ह्यान्स फिचरमार्फत तस्बिरलाई केही सेकेन्डमै सोसल मिडियामा शेयर गर्न योग्य बनाउन सकिन्छ ।
डिजाइनका दृष्टिले फोन टाइटानियम ब्लु र एलिगेन्ट ब्ल्याक दुई कलरमा उपलब्ध छ । एक्सक्विजिट ट्रान्सप्यारेन्ट क्यामेरा मोड्युल, स्लिम बडी र अल्ट्रा-थिन बेजलले यसलाई आकर्षक बनाएको छ ।
पर्फर्मेन्सको कुरा गर्दा फाइभजी भेरियन्टमा मिडियाटेक ७३६० टर्बो फाइभजी चिपसेट र फोरजी भेरियन्टमा स्न्यापड्रागन ६८५ प्रोसेसर प्रयोग गरिएको छ । फाइभजी मोडेलमा १२+१२ जीबी एक्सटेन्डेड र्याम र २५६ जीबी स्टोरेज दिइएको छ । फोरजी मोडेलमा ८+८ जीबी एक्सटेन्डेड र्याम र २५६ जीबी स्टोरेज उपलब्ध छ ।
६.७७ इन्चको एएमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट, ९४.२ प्रतिशत स्क्रिन-टु-बडी रेसियो र डुअल स्टेरियो स्पिकरले उत्कृष्ट दृश्य र साउन्ड अनुभव गर्न सकिने कम्पनीको भनाइ छ ।
यसमा रहेको ६,५०० एमएएच ब्लु वल्ट ब्याट्री र ९० वाट फ्ल्यास चार्जिङ प्रविधिले १ प्रतिशतदेखि १०० प्रतिशत चार्ज हुन ५२ मिनेट मात्र लिन्छ । साथै, आईपी६५ डस्ट एण्ड वाटर रेजिस्टेन्ट र वेट ह्यान्ड टच जस्ता फिचरहरूले दैनिक प्रयोगमा थप सुरक्षा र सहजता प्रदान गर्ने बताइएको छ ।
प्रयोगकर्ताको सहजता र उत्पादकत्वका लागि यसमा गुगल जेमिनाई, एआई क्याप्सन, एआई ट्रान्सक्रिप्ट असिस्ट लगायतका स्मार्ट एआई टुलहरू पनि समावेश छन् ।
कम्पनीले बिहीबारदेखि यो मोडेल नेपालभरका भिभो रिटेल स्टोरहरू तथा दराज अनलाइन प्लेटफर्म मार्फत खरिद गर्न सकिने जनाएको छ । मूल्यको कुरा गर्दा भिभो भी६० लाइट फोरजी मोडेल ३९ हजार ९९९ रुपैयाँ र भिभो भी६० लाइट फाइभजी मोडेलको ४८ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।
पछिल्लो अध्यावधिक: असोज ३०, २०८२ १४:१८
