close

टेक्नो स्पार्क गो टु स्मार्टफोन नेपाली बजारमा, सुरुवाती मूल्य साढे ११ हजार

टेकपाना टेकपाना

असोज ३१, २०८२ १७:२६

टेक्नो स्पार्क गो टु स्मार्टफोन नेपाली बजारमा, सुरुवाती मूल्य साढे ११ हजार

काठमाडौँ । नेपाली बजारमा टेक्नो ब्रान्डको नयाँ स्मार्टफोन ‘स्पार्क गो टु’ उपलब्ध भएको छ । कम्पनीले शुक्रबार बजेट सेग्मेन्टमा केन्द्रित यो फोन तीन फरक भेरियन्टमा सार्वजनिक गरेको हो ।

जसअनुसार ३ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भएको बेस भेरियन्टको मूल्य ११ हजार ४९९ रुपैयाँ तोकिएको छ । त्यस्तै ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य १२ हजार ४९९ रुपैयाँ र ४ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भएको टप भेरियन्टको मूल्य १३ हजार ४९९ रुपैयाँ रहेको छ ।

कम्पनीले फोनमा एक वर्षको वारेन्टी उपलब्ध गराएको छ भने चार वर्षसम्म फोन ल्याग नभई सहज रूपमा चल्ने दाबी गरेको छ ।

‘टेक्नो स्पार्क गो टु’ मा ६.६७ इन्चको एचडी प्लस डिस्प्ले दिइएको छ, जसमा १२० हर्जसम्मको रिफ्रेस रेट पाउन सकिन्छ । पर्फमेन्सका लागि फोनमा युनिसोक टी७२५० (Unisoc T7250) प्रोसेसर प्रयोग गरिएको छ । फोटोग्राफीका लागि यसको पछाडि १३ मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ ।

५००० एमएएच क्षमताको ब्याट्री रहेको यो फोन धुलो र पानीको छिटाबाट बचाउनका लागि आईपी६४ (IP64) रेटिङसहित आएको छ ।

यसमा डीटीएस (DTS) अडियो ट्युनिङसहितको स्टेरियो स्पिकर, सुरक्षाका लागि साइडमा फिंगरप्रिन्ट सेन्सर र टिभी/एसी जस्ता उपकरण नियन्त्रण गर्न मिल्ने आईआर ब्लास्टर (IR Blaster) जस्ता फिचर पनि समावेश छन् ।

कम्पनीका अनुसार यसमा नेटवर्क नभएको अवस्थामा पनि ४०० मिटरको दूरीसम्म कल गर्न सकिने विशेष सञ्चार सुविधा पनि दिइएको छ । यो फोन इन्क ब्ल्याक, टाइटानियम ग्रे, भेल ह्वाइट र टर्कोइज ग्रीन गरी चार कलर भेरियन्टमा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज ३१, २०८२ २०:४