तपाईंको एन्ड्रोइड फोन स्लो भयो ? यसरी मेटाउनुहोस् थुप्रिएका क्याश डेटा
कात्तिक ५, २०८२ १४:४४
काठमाडौँ । समयसँगै तपाईंको एन्ड्रोइड डिभाइसमा क्याश डेटा थुप्रिन्छन् । ती काम नलाग्ने अथवा आउटडेटेड हुन्छन् । जसका कारण तपाईंको डिभाइसको स्पिड स्लो हुनसक्ने जोखिम बढ्दै जान्छ । फोन रिस्टार्ट गर्नाले केही काम त गर्छ, तर क्याश क्लियर गर्दा तपाईंको डिभाइसको गति बढाउन अझ बढी काम गर्छ ।
१. तपाईंको डिभाइसमा इन्स्टल भएका सबै एप हेर्नुहोस्
सेटिङ्स खोल्नुहोस् । त्यसपछि स्टोरेजमा गएर एप्समा ट्याप गर्नुहोस् । अथवा सेटिङ्समा गएर सर्च बारमा एप्स लेखेर पुग्नुहोस् ।
स्टोरेज मेनुमा अहिले केही एन्ड्रोइड्र डिभाइसहरूले ‘Free Up Space’ को सुविधा पनि दिएका छन् । जसलाई गुगल फाइल्स् एपबाट सुझाव प्राप्त हुने गर्छ । यसलाई प्रयोग गर्न फाइल्स खोल्नुहोस्, माथिल्लो भागको बायाँ क्षेत्रमा तीन ओटा ठाडो थोप्लो (⋮) मेनुमा ट्याप गर्नुहोस् । अनि क्लिनलाई छनोट गर्नुहोस् ।
२. एक/एक गर्दै हरेक एपहरूको क्याश मेटाउनुहोस्
तपाईंले इन्स्टल गरेको कुनै एपमा ट्याप गर्नुहोस् (सिस्टम सर्भिसेसलाई नचलाउनुहोस्), त्यसपछि "Storage and cache" चयन गर्नुहोस् र "Clear cache" मा ट्याप गर्नुहोस्।
यदि तपाईंले एपलाई पूर्ण रूपमा रिसेट गर्न चाहनु भएको छैन भने "Clear storage" मा ट्याप नगर्नुहोला ।
३. अरू एपहरूका लागि पनि दोहोर्याउनुहोस्
धेरै स्टोरेज खपत गर्ने एपहरूका लागि यो प्रक्रिया दोहोर्याउन सक्नु हुन्छ । तपाईंले सामाजिक सञ्जाल एप वा स्ट्रिमिङ सेवाजस्ता धेरै डेटा प्रयोग गर्ने एपहरूबाट सुरु गर्न सक्नुहुन्छ ।
त्यसैगरी, जब तपाईं "Apps" मेनुमा हुनुहुन्छ, केही एन्ड्रोइड संस्करणहरूले कुन एपले सबैभन्दा बढी स्पेश खाइरहेको छ भनेर सजिलै देखाउँछन् । माथिल्लो दायाँ कुनामा रहेको तीन ओटा ठाडो थोप्लो (⋮) मेनुमा ट्याप गरी "Sort by Size" चयन गर्नुहोस् ।
नोट: केही एन्ड्रोइड फोनहरूमा सबै क्याश एकैचोटि मेटाउने "Clear All Cache" विकल्प पनि उपलब्ध हुन सक्छ । त्यसका लागि Settings > Storage > App Cache मा गएर माथि रहेको 'Select All' बटन फेला पार्न सक्नुहुन्छ ।
गुगल क्रोमबाट क्याश कसरी मेटाउने ?
यसका लागि Android 16 भएको डिभाइसमा क्रोम एप चाहिन्छ ।
१. क्रोममा हिस्ट्री (History) सेटिङमा जानुहोस्
क्रोम खोल्नुहोस् । तीन ओटा (⋮) मेनुमा ट्याप गर्नुहोस् । त्यसपछि हिस्ट्री, क्लियर ब्राउजिङ डेटा छनोट गर्नुहोस् ।
२. मेटाउन चाहेको डेटा चयन गर्नुहोस्
समयावधि (Time Range) चयन गर्नुहोस् र "Cached images and files" (र तपाईंले हटाउन चाहनुभएको अन्य डेटा) मा टिक गर्नुहोस् । त्यसपछि "Clear data" मा ट्याप गर्नुहोस् ।
हरेक विकल्पले के गर्छ र यसले तपाईंको ब्राउजिङ अनुभवमा कसरी प्रभाव पार्छ भन्ने व्याख्या गरेको हुन्छ ।
उदाहरणका लागि, "Cookies and site data" मेटाउँदा तपाईं धेरै वा सबै वेबसाइटहरूबाट लगआउट हुन सक्नुहुन्छ । जबकि "Cached images and files" मेटाउँदा अर्को पटक साइट खोल्दा तस्बिरहरू केही ढिलो लोड हुन सक्छन् ।
३. सजिलो शर्टकटको विकल्प
एन्ड्रोइडका नयाँ संस्करणहरूमा रहेको क्रोममा मेनु बटनमा ट्याप गर्दा ‘Clear Browsing Data’ भन्ने विकल्प देखिन्छ ।
यो चयन गर्दा एउटा पप-अप देखा पर्छ । जसमा तपाईंलाई कुन समयावधिको ब्राउजिङ डेटा मेटाउन खोजिएको हो, त्यसबारे सोधिन्छ ।
यदि तपाईंले ‘More Options’ चयन गर्नुभयो भने तपाईं ‘Browsing Data’ स्क्रिनमा पुग्नुहुन्छ । जहाँबाट तपाईंले मेटाउन चाहेको डेटा र समयावधि चयन गर्न सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: कात्तिक ५, २०८२ १५:१४
