close

एआईबाट हुने दुरुपयोग रोक्न युट्युबमा आयो नयाँ टुल, कसरी गर्ने प्रयोग ?

टेकपाना टेकपाना

कात्तिक ५, २०८२ १५:५६

एआईबाट हुने दुरुपयोग रोक्न युट्युबमा आयो नयाँ टुल, कसरी गर्ने प्रयोग ?

काठमाडौँ । डिपफेक प्रविधिबाट व्यक्तिको रूप र आवाज दुरुपयोग हुने घटनामा नियन्त्रण गर्न युट्युबमा नयाँ फिचर ‘एआई लाइकनेस डिटेक्सन टुल’ सार्वजनिक भएको छ । प्रयोगकर्ताको पहिचान सुरक्षित राख्न र दर्शकलाई एआई निर्मित भ्रमपूर्ण भिडिओबाट जोगाउन गुगलले यो फिचर ल्याएको हो ।

‘Likeness Detection Tool’ युट्युब स्टुडियोको ‘Content Detection’ ट्याबमा उपलब्ध छ । यो प्रयोग गर्न प्रयोगकर्ताले पहिला आफ्नो पहिचान प्रमाणित गर्नुपर्नेछ । प्रमाणीकरणका लागि फोटो आईडी र सेल्फी भिडिओ आवश्यक पर्नेछ ।

प्रमाणीकरण प्रक्रिया पूरा भएपछि यदि कसैले प्रयोगकर्ताको रूप वा आवाज प्रयोग गरेर एआई-निर्मित भिडिओ बनाएको छ भने युट्युबले त्यसबारे क्रियटरलाई सूचित गर्नेछ । युट्युब स्टुडियोमा त्यस्ता भिडिओहरूको सूची देखाइनेछ, जसमा भिडिओको शीर्षक, च्यानलको नाम, भ्युज संख्या र सम्बन्धित संवाद समावेश हुनेछन् ।

त्यससँगै प्रयोगकर्ताले त्यस्ता भिडिओ हटाउन अनुरोध (Removal Request) पठाउने सुविधा पनि पाउनेछन् । साथै, यो टुलले अनुमति बिना प्रयोग गरिएका रूप, आवाज वा कपिराइट सुरक्षित सामग्री पत्ता लगाई हटाउन सहयोग गर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ५, २०८२ १५:५६