close

जेडटीईको गेमिङ पावरहाउस ‘नुबिया नियो ३ जीटी’ स्मार्टफोन नेपालमा, मूल्य ३७ हजार रुपैयाँ

टेकपाना टेकपाना

कात्तिक ११, २०८२ २२:४२

जेडटीईको गेमिङ पावरहाउस ‘नुबिया नियो ३ जीटी’ स्मार्टफोन नेपालमा, मूल्य ३७ हजार रुपैयाँ

काठमाडौँ । जेडटीईले नेपाली बजारमा नुबिया नियो ३ जीटी फाइभजी (Nubia Neo 3 GT 5G) स्मार्टफोन सार्वजनिक गरेको छ । गेमिङ पारखीहरूका लागि शक्ति, गति र शैलीलाई एकैसाथ जोड्ने उद्देश्यले यो स्मार्टफोन ल्याएको कम्पनीले जनाएको छ ।

१२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध यो फोनलाई कम्पनीले गेमिङ पावरहाउसको उपमा दिएको छ । जसको मूल्य ३७ हजार रुपैयाँ तोकिएको छ। उपभोक्ताले यो फोन जगदम्बा मोबाइल्समार्फत शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीमा समेत खरिद गर्न सक्नेछन् । जसका लागि १४ हजार ८ सय रुपैयाँ डाउनपेमेन्ट तिरे पुग्छ ।

गेमिङ अनुभवलाई नयाँ स्तरमा पुर्‍याउने दाबी गरिएको यो स्मार्टफोनमा ६.७८ इन्चको ओएलईडी गेमिङ डिस्प्ले छ ।

यो स्मार्टफोनमा २.७ गिगाहर्जको युनिसक टी९१०० प्रोसेसर, ६००० एमएएच ब्याट्री र ८० वाट फास्ट चार्जिङ सुविधा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ११, २०८२ २२:४२