close

सर्भर मर्मतपछि काठमाडौँका यातायात कार्यालयमा आंशिक रूपमा लाइसेन्स र सवारी दर्ता सेवा सुरु

टेकपाना टेकपाना

कात्तिक १६, २०८२ १४:७

सर्भर मर्मतपछि काठमाडौँका यातायात कार्यालयमा आंशिक रूपमा लाइसेन्स र सवारी दर्ता सेवा सुरु

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागको संवेदनशील सूचना प्रविधि पूर्वाधारमा क्षति पुगेपछि अवरुद्ध भएको यातायातसम्बन्धी सरकारी सेवा आंशिक रूपमा सुरु भएको छ ।

क्षतिग्रस्त भएको विभागको डेटा सेन्टर, विद्युतीय सवारीचालक अनुमतिपत्र र सवारी दर्तालगायतका प्रणालीहरू मर्मतपछि आइतबारदेखि काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयहरूबाट आंशिक रूपमा सञ्चालनमा आएका हुन् । यसअन्तर्गत नवीकरण तथा लाइसेन्स भेरिफिकेसन सेवा सुरु भएको छ ।  

अन्य सेवा applydlnew.dotm.gov.np वेबसाइट लाइभ भएपछि सञ्चालनमा ल्याउने विभागको तयारी छ ।

काठमाडौँ उपत्यकाबाहेकका अन्य यातायात कार्यालयहरूमा पनि चाँडै नै अनलाइन प्रणाली सञ्चालनमा ल्याउनेगरी काम भइरहेको विभागले जनाएको छ ।

साथै, विभागले आ–आफ्नो कार्यालयमा प्रणाली सञ्चालनका लागि आवश्यक पर्ने नेटवर्किङ, बायोमेट्रिक्सलगायत उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।

 

 

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०८२ १४:२९