close

१ लाख रुपैयाँमा नेपाली बजारमा आयो सामसङ ग्यालेक्सी एस२५ एफई

टेकपाना टेकपाना

कात्तिक १७, २०८२ २३:२६

१ लाख रुपैयाँमा नेपाली बजारमा आयो सामसङ ग्यालेक्सी एस२५ एफई

काठमाडौं । सामसङले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी एस२५ एफई (फ्यान एडिसन) सार्वजनिक गरेको छ । विशेषगरी युवापुस्ता र कन्टेन्ट क्रिएटरहरूलाई लक्षित गरी ल्याइएको यो फोनमा प्रिमियम एआई क्षमता, एडभान्स्ड क्यामेरा सुविधाहरू र शक्तिशाली प्रदर्शन रहेको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा ८ जीबी प्लस २५६ जीबी भेरियन्टमा उपलब्ध मोडेलको मूल्य ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ । 

ग्यालेक्सी एआई र वन युआई ८ द्वारा सञ्चालित यस फोनले भोइस, टच र भिजुअल अन्तर्क्रिया मार्फत सहज र सरल अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

रियल-टाइम भर्चुअल सहायताको लागि जेमिनाई लाइभ, व्यक्तिगत अपडेटहरूको लागि नाउ बार र नाउ ब्रीफ तथा अन-स्क्रिन जवाफहरूको लागि सर्कल टु सर्च जस्ता सुविधा पाउन सकिन्छ ।

फोनमा एआई-सञ्चालित प्रोभिजुअल इन्जिन र अपग्रेड गरिएको १२ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । सुपर एचडीआरमार्फत स्पष्ट रङका साथ आश्चर्यजनक सेल्फी र भिडिओ खिच्न सकिने बताइएको छ ।

साथै, जेनेरेटिभ एडिट, पोर्ट्रेट स्टुडियो, इन्स्ट्यान्ट स्लो-मो, अडियो इरेजर जस्ता फिचरहरूले फोटो तथा भिडिओ एडिटिङलाई थप सहज बनाएको सामसङले जनाएको छ । अटो ट्रिम फिचरले स्वचालित रूपमा उत्कृष्ट भिडिओ क्षणहरू छनोट गर्ने क्षमता राख्छ ।

यसमा ४,९०० एमएएचको ब्याट्री छ, जसले ४५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ । त्यस्तै १२० हर्ज रिफ्रेस रेटसहितको ६.७ इन्चको डाइनामिक एमोलेड २ एक्स डिस्प्ले रहेको छ ।

ग्राहकहरूले सामसङ इन्स्टा फाइनान्स (हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित) मार्फत शून्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआई योजनामा ग्यालेक्सी एस२५ एफई खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक १७, २०८२ २३:२७