close

एनसेल एपबाट २०० माथिको प्याक खरिद वा रिचार्ज गर्ने ११ जना ग्राहकलाई ११ जीबी डेटा निःशुल्क

टेकपाना टेकपाना

कात्तिक २५, २०८२ ९:४८

एनसेल एपबाट २०० माथिको प्याक खरिद वा रिचार्ज गर्ने ११ जना ग्राहकलाई ११ जीबी डेटा निःशुल्क

काठमाडौँ । एनसेलले ‘११:११ एनसेल एप क्याम्पेन’ सञ्चालनमा ल्याएको जनाएको छ । जसअन्तर्गत आज नोभेम्बर ११, मङ्गलबारको दिन एनसेल एपमार्फत २०० वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकमध्ये ११ जना भाग्यशाली ग्राहकले ११ दिन समयसीमा भएको ११ जीबी डेटा निःशुल्क पाउनेछन् ।

११:११ उत्सवको अवसरमा आज एक दिनका लागि सञ्चालन हुने यो विशेष अफरको उद्देश्य प्रिपेड ग्राहकहरूलाई डेटाले पुरस्कृत गर्नुका साथै विश्वव्यापी ११:११ ट्रेन्डसँग मेल खाने रमाइलो तथा आकर्षक अनुभव प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।

‘वन स्टप सेल्फ-केयर एप’ को रूपमा चिनिने एनसेल एपमार्फत ग्राहकहरूले विभिन्न भ्वाइस तथा डेटा प्याक खरिद गर्न, अनलाइन रिचार्ज गर्न, मासिक बिल हेर्न, आफ्नो उपयोग गर्न बाँकी प्याकहरू हेर्न, रोमिङसहितका सेवा सक्रिय/निष्क्रिय पार्न र गिफ्टका रूपमा सेवाका विभिन्न प्याकहरू पठाउन पनि सक्छन् ।

एपमा अनलाइन तथा अफलाइन गेमहरू खेल्न र समाचार हेर्न सकिने लगायतका अन्य सुविधाहरू पनि उपलब्ध छन् । ग्राहकले गुगल प्ले स्टोर वा एप स्टोरबाट एनसेल एप डाउनलोड गरी एपका सेवाहरूको फाइदा लिन सक्छन् ।

११:११ चीनबाट सुरु भएको विश्वकै सबैभन्दा ठुलो अनलाइन किनमेल उत्सवको रूपमा विकसित भइसकेको एक ट्रेन्ड हो । ठुलो परिमाणका सेल, फ्ल्याश डिल, काउन्टडाउन अफर र सीमित समयका छुटहरूले गर्दा उपभोक्ताहरूमा ११:११ प्रतिको आकर्षण बढ्दो रहेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०८२ ९:४८