२३ र २४ भदौमा भएको क्षतिको विवरण अनलाइन पोर्टलमा प्रविष्टि गराउन ३ दिनको समय
कात्तिक २६, २०८२ २१:१३
काठमाडौँ । राष्ट्रिय योजना आयोगले २३ र २४ भदौमा भएको आन्दोलनका क्रममा भएको क्षतिको विवरण अनलाइन पोर्टलमा प्रविष्टि गर्न आग्रह गरेको छ ।
आयोगले यदि कुनै कारणले क्षतिको तथ्याङ्क प्रविष्टि गर्न छुटको भए अनलाइन पोर्टलमा सम्बन्धित गाउँ/नगरपालिकासँग समन्वय गरेर तीन दिनभित्र क्षतिको विवरण प्रविष्टि गर्न आग्रह गरेको हो ।
आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन गर्न र सार्वजनिक सम्पत्तिको पुनर्निर्माण योजना तयार गर्न सरकारले ५ असोजमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।
तथ्याङ्क संकलनमा एकरूपता र सहजताका लागि उक्त समितिले अनलाइन पोर्टल तयार गरेर स्थानीय तह, प्रदेश र संघअन्तर्गतका विभिन्न कार्यालयलाई जिम्मेवारी तोकिएकोमा धेरै तथ्याङ्क प्रणालीमा प्रविष्टि भइसकेको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक २६, २०८२ २१:१३
