काठमाडौँ । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा आएको प्राविधिक समस्याका कारण अवरुद्ध बनेको विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणाली आंशिक रुपमा सञ्चालनमा आएको छ । शनिबार एक सूचना जारी गर्दै विभागले प्रणालीमा देखिएको समस्या समाधान भएको जानकारी दिएको हो ।
गत २८ कात्तिकमा डेटा सेन्टरमा प्राविधिक गडबडी आएपछि लाइसेन्ससँग सम्बन्धित सबै अनलाइन सेवा ठप्प भएका थिए । प्राविधिक समस्याको समाधान गरी विद्युतीय सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा आंशिक रूपमा सुरु भएको विभागले जनाएको छ ।
प्रणाली पूर्ण रुपमा कहिलेदेखि सञ्चालनमा आउँछ भन्नेबारे भने थप जानकारी दिइएको छैन ।
पछिल्लो अध्यावधिक: कात्तिक २९, २०८२ २१:५
