close

८००० एमएएच क्षमताको ब्याट्रीसहित अनर ५०० प्रो स्मार्टफोन सार्वजनिक हुँदै

टेकपाना टेकपाना

कात्तिक ३०, २०८२ ५:४१

८००० एमएएच क्षमताको ब्याट्रीसहित अनर ५०० प्रो स्मार्टफोन सार्वजनिक हुँदै

काठमाडौँ । चाँडै नै सार्वजनिक हुने चर्चामा रहेको अनर ५०० सिरिजबारे नयाँ विवरण बाहिरिएका छन् । चिनियाँ टिप्सटर डिजिटल च्याट स्टेसनले अनर ५०० प्राेका प्रमुख फिचर लिक गरेको हो ।

उसका अनुसार फोनमा ६.५५ इन्चको एएमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेश रेट र २७३६x१२६४ पिक्सेल रिजोलुसन रहनेछ । यसमा स्न्यापड्रागन ८ एलिट एसओसी प्रयोग गरिने र १६ जीबीसम्म र्‍याम तथा १ टीबीसम्म इन्टर्नल स्टोरेज उपलब्ध हुने जनाइएको छ । 

फोनमा कम्पनीकै कस्टम सी वन मोडेम र ई टु इनर्जी म्यानेजमेन्ट चिप समावेश हुनेछ । महत्त्वपूर्ण विवरणको कुरा गर्दा अनर ५०० प्रोमा ८,००० एमएएच क्षमताको सिलिकन ब्याट्री रहने दाबी गरिएको छ । 

पछाडितर्फ २०० मेगापिक्सेल मुख्य क्यामेरा र सुरक्षाका लागि थ्रीडी अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानर रहनेछ । चिनियाँ बजारमा प्रि-बुकिङ सुरु भइसकेको यस सिरिजको सार्वजनिक मिति र थप विवरण भने आउन बाँकी छ ।

पछिल्लो अध्यावधिक: मंसिर १, २०८२ ५:५७