close

३७ हजार २०० पर्ने नथिङ फोन थ्री ए लाइट करिब १५ हजार डाउन पेमेन्टमै किन्न सकिने

टेकपाना टेकपाना

मंसिर ८, २०८२ ९:३७

३७ हजार २०० पर्ने नथिङ फोन थ्री ए लाइट करिब १५ हजार डाउन पेमेन्टमै किन्न सकिने

काठमाडौँ । नथिङ ब्रान्डको नयाँ स्मार्टफोन फोन थ्री ए लाइट ४० प्रतिशत डाउन पेमेन्टमै खरिद गर्न सकिने भएको छ । ३७ हजार २०० मूल्यको यो फोन ४० प्रतिशत अर्थात् करिब १५ हजार रुपैयाँमै हात पार्न सकिने भएको हो ।

युनिक लुक्स भएको यो फोनमा ग्लास फिनिश डिजाइन रहेको छ । डिस्प्लेको कुरा गर्नुपर्दा १२० हर्ज रिफ्रेश रेट भएको ६.७७-इन्चको एमोलेड डिस्प्ले दिइएको छ भने यसको उच्चतम ब्राइटनेस ३००० निट्स रहेको छ ।

नथिङ थ्री ए लाइटमा ५० एमपीको मेन क्यामेरा, ८ एमपीको अल्ट्रा वाइड अनि २ एमपीको म्याक्रो लेन्स राखिएको छ । अगाडि भागमा भने १६ एमपीको सेल्फी क्यामेरा छ ।

एन्ड्रोइड १५ मा आधारित यो फोनमा मिडियाटेक डाइमेन्सिटी ७३०० प्रो चिपसेट समावेश छ । साथै यो फोनमा तीन वर्षको ओएस अनि ६ वर्षको सेक्युरिटी प्याच उपलब्ध गराउने प्रतिबद्धता पनि कम्पनीले जनाएको छ ।

यो फोनको रोचक पक्षको कुरा गर्नुपर्दा यसको पछाडि भागमा एलईडी इन्डिकेट (ग्लिफ लाइट) पनि छ । जसले नोटिफिकेसन, टाइमर लगायतका चिजहरूको नोटिफिकेसन दिन्छ ।

फोनमा ३३ वाट फास्ट चार्जिङको सपोर्ट सहित ५,००० एमएएच क्षमताको ब्याट्री राखिएको छ । यसले ५ वाटको रिभर्स चार्जिङलाई पनि सपोर्ट गर्छ ।

यो फोनको सुरुवाती भेरियन्ट ८/१२८ जीबी को मूल्य ३७ हजार २०० रुपैँया रहेको छ । ४० प्रतिशत डाउन पेमेन्टसहित खरिद गर्दा मासिक ईएमआई २४ सय ८० रुपैँया तिर्नुपर्ने हुन्छ । ईएमआईमा ब्याज समेत नलाग्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ८, २०८२ ९:३७