close

दीपल एस०७ आईसीएमा ‘बाइब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शून्य खर्च

टेकपाना टेकपाना

मंसिर ८, २०८२ १७:२३

दीपल एस०७ आईसीएमा ‘बाइब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शून्य खर्च

काठमाडौँ । नेपालका लागि दीपल ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले आफ्नो फ्ल्यागशिप मोडेल ‘दीपल एस०७ आईसीए’ (Deepal S07 ICA) मा ‘बाइब्याक ग्यारेन्टी’ र ‘पाँच वर्षसम्म शून्य खर्च’ योजना पुनः सुरु गरेको छ । विद्युतीय सवारीको रिसेल भ्यालूप्रति ग्राहकमा रहेको चिन्ता हटाउने र स्वामित्व अनुभवलाई सहज बनाउने उद्देश्यले कम्पनीले यो योजना ल्याएको हो ।

कम्पनीका अनुसार यो कार्यक्रमअन्तर्गत दीपल एस०७ आईसीए खरिद गर्ने ग्राहकले गाडी खरिद गरेको दोस्रो वर्षदेखि पाँचौं वर्षसम्मको अवधिमा जुनसुकै समयमा एमएडब्लू ग्रुपलाई नै गाडी बिक्री गर्न चाहेमा ‘पूर्वनिर्धारित रिसेल मूल्य’ (Pre-determined Resale Value) प्राप्त गर्नेछन् । यसले ईभी खरिदकर्ताहरूमा हुने रिसेल मूल्य घट्ने चिन्तालाई सम्बोधन गर्ने कम्पनीको दाबी छ ।

पाँच वर्षसम्म कुनै खर्च नलाग्ने
बाइब्याक ग्यारेन्टीका साथै ग्राहकले पाँच वर्षसम्म गाडी सञ्चालनमा लाग्ने खर्चबाट समेत मुक्ति पाउनेछन् । ‘पाँच वर्षसम्म शून्य खर्च’ योजनाअन्तर्गत ग्राहकले पाँच वर्षसम्म अटोप्लस इन्स्योरेन्स, पिरियोडिक मेन्टेनेन्स (मर्मत सम्भार), चार्जिङ खर्च र सडक कर (Road Tax) तिर्नुपर्ने छैन । यी सबै खर्च कम्पनीले नै व्यहोर्ने जनाइएको छ ।

एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले ग्राहकलाई ईभी यात्राभर आश्वस्त पार्न र ‘पिस अफ माइन्ड’ दिलाउन यो योजना ल्याइएको बताए । उनले भने, “दीपल ईभी खरिद गरिसकेपछि ग्राहकले हाम्रो निरन्तर साथ र विश्वास पाइराखून् भन्ने हाम्रो उद्देश्य हो । यो स्किम सहज र विश्वसनीय ईभी ओनरसिपका लागि हो ।”

दीपल एस०७ आईसीएमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ । यसमा रहेको दीपल एपमार्फत ग्राहकले टाढैबाट गाडी नियन्त्रण गर्न सक्छन् । एपको मद्दतले गाडीको झ्याल खोल्न र बन्द गर्न, एसी कन्ट्रोल गर्न, चार्जिङको अवस्था बुझ्न र गाडीको लोकेसन ट्रयाक गर्न सकिन्छ ।

साथै, गाडीमा फोरजी/फाइभजी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप कनेक्टिभिटी, एमेजन म्युजिक, स्पटिफाई र लाइभ नेभिगेसनजस्ता सुविधाहरू उपलब्ध छन् । यसको टाइमलेस डिजाइन र १० भन्दा बढी ‘इन्डस्ट्री फर्स्ट’ फिचरले यसलाई अन्य ईभीभन्दा फरक बनाएको कम्पनीको भनाइ छ ।


 

पछिल्लो अध्यावधिक: मंसिर ८, २०८२ १७:२३