नेपाली बजारमा बोट ब्राण्डका दुई पार्टी स्पिकर सार्वजनिक, यस्तो छ अफरसहितको मूल्य
मंसिर ९, २०८२ २१:१५
काठमाडौँ । भारतीय ब्रान्ड बोटले नेपाली बजारमा दुई नयाँ पोर्टेबल पार्टी स्पिकर सार्वजनिक गरेको छ । कम्पनीले मङ्गलबार ‘पार्टीपाल ३००’ र ‘पार्टीपाल २२०’ मोडेलका स्पिकर बजारमा ल्याएको हो ।
सार्वजनिक भएका मोडेलमध्ये ‘पार्टीपाल ३००’ कम्पनीको फ्ल्यागशिप उत्पादन हो । यसमा १२० वाटको आरएमएस सहितको बोट सिग्नेचर साउन्ड उपलब्ध छ । ठुला कार्यक्रम, घरका पार्टी र बाहिरी जमघटका लागि उपयुक्त मानिएको यो स्पिकर फ्लेम स्टाइलको एलईडी लाइटले सजिएको छ ।
कनेक्सनका लागि यसमा ब्लुटुथ ५.३, अक्स, यूएसबी र टीएफ कार्डको सुविधा छ भने दुई ओटा स्पिकर जोड्न मिल्ने टीडब्लूएस प्रविधि पनि समावेश छ । यसबाहेक काराओकेका लागि माइक इनपुट र सङ्गीतकर्मीका लागि गिटार इनपुटको व्यवस्था पनि उपलब्ध गराइएको छ । यसमा ६ घण्टासम्मको ब्याट्री ब्याकअप पाइने कम्पनीको दाबी छ ।
त्यस्तै केही सानो र किफायती विकल्प खोज्ने ग्राहकका लागि कम्पनीले ८० वाटको आरएमएस आउटपुट दिने ‘पार्टीपाल २२०’ मोडल ल्याएको छ । साना कोठा र कलेज समूहलाई लक्षित गरिएको यो स्पिकरमा पनि पार्टीको माहोल बनाउन आरजीबी लाइटिङको प्रयोग गरिएको छ । यसमा पनि ठुलो मोडेलमा जस्तै ब्लुटुथ ५.३, अक्स, युएसबी, टीएफ सपोर्ट र टीडब्लूएस पेरिङको सुविधा यथावत् राखिएको छ । यसले पनि ६ घण्टाकै ब्याकअप दिने दाबी कम्पनीको छ ।
बोट पार्टीपाल ३०० को आधिकारिक बजार मूल्य ३१ हजार ९९९ रुपैयाँ भए पनि अफर अन्तर्गत हाल २८ हजार ४९९ रुपैयाँमा खरिद गर्न सकिनेछ । त्यसैगरी पार्टीपाल २२० को बजार मूल्य २६ हजार ९९९ रुपैयाँ रहेकोमा अफर मूल्य २३ हजार ४९९ रुपैयाँ तोकिएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर ९, २०८२ २१:१५
