close

एनपीएल लक्षित सामसङको योजना: एआई टिभीमा ३३ प्रतिशतसम्म छुट र ७ हजार एक्सचेन्ज बोनस

टेकपाना टेकपाना

मंसिर १६, २०८२ २०:८

एनपीएल लक्षित सामसङको योजना: एआई टिभीमा ३३ प्रतिशतसम्म छुट र ७ हजार एक्सचेन्ज बोनस

काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) सिजनलाई लक्षित गर्दै सामसङ नेपालले आफ्ना टेलिभिजन सेटहरूमा विशेष छुट तथा एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । आफ्ना एआई टिभीहरूलाई थप पहुँचयोग्य बनाउने उद्देश्यले कम्पनीले ३३ प्रतिशतसम्मको क्यासब्याक र सात हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस घोषणा गरेको हो ।

आगामी ३१ डिसेम्बरसम्म देशभरका सामसङ विक्रेताकहाँ लागु हुने यस योजना अन्तर्गत प्रिमियम क्यूएलईडीदेखि एचडीसम्मका मोडेलहरूमा छुट सुविधा उपलब्ध गराइएको छ ।

५५ देखि ८५ इन्चसम्मका क्यूएलईडी टिभीमा १९ प्रतिशतसम्म छुट र सात हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ । त्यस्तै, ४३ देखि ८५ इन्चसम्मका यूएचडी टिभीमा २१ प्रतिशतसम्म छुट र चार हजार रुपैयाँसम्म एक्सचेन्ज बोनसको व्यवस्था छ । यसैगरी, ४३ इन्चको फुल एचडी टिभीमा ३३ प्रतिशत र ३२ इन्चको एचडी टिभीमा २१ प्रतिशतसम्म छुट दिइएको छ ।

यी एआई टिभीहरूमा ‘फोरके एआई अपस्केलिङ’ प्रविधि जडान गरिएको छ । सुरक्षाका लागि कम्पनीकै ‘सामसङ नक्स’ सिस्टम रहेको छ । कम्पनीले आफ्ना टी, ए, बी, सी, डी र एफ सिरिजका टिभीहरूमा तीन वर्षको पूर्ण वारेन्टीसमेत प्रदान गरेको छ ।

ग्राहकलाई खरिदमा सहजता प्रदान गर्न कम्पनीले ‘सामसङ इन्स्टाफाइनान्स’ सेवा पनि उपलब्ध गराएको छ । हुलास फिनसर्भसँगको सहकार्यमा सञ्चालित यो सेवामार्फत ग्राहकले नागरिकता पेस गरेर शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीमा टिभी खरिद गर्न सक्नेछन् । साथै, ‘अर्कोस्टोर’ वा आधिकारिक रिटेल स्टोरमार्फत पुराना उपकरण साटेर नयाँ टिभी लिन सकिने व्यवस्था पनि मिलाइएको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १६, २०८२ २०:८