close

वर्ल्डलिङ्कको ‘बिट द स्पिड’ विजेता हिक्मत महरा आज सुदूरपश्चिमबाट बलिङ गर्दै

टेकपाना टेकपाना

मंसिर १८, २०८२ १७:१०

वर्ल्डलिङ्कको ‘बिट द स्पिड’ विजेता हिक्मत महरा आज सुदूरपश्चिमबाट बलिङ गर्दै

काठमाडौँ । वर्ल्डलिङ्कको ‘बिट द स्पिड’ सिजन–२ का विजेता हिक्मत महराले नेपाल प्रिमियर लिगमा डेब्यु गरेका छन् । आज चितवन राइनोजविरुद्ध भइरहेको खेलमा महरा सुदूरपश्चिमको ‘प्लेइङ–११’ मा परेका हुन् ।

महेन्द्रनगरका महरा ट्यालेन्ट हन्टमार्फत सुदूरपश्चिमको टोलीमा छनोट भएका थिए । ‘बिट द स्पिड’ को विजेता बनेपछि उनी वर्ल्डलिङ्कको सहयोगमा थप प्रशिक्षण लिन भारतको एकेडेमीमा गएका थिए । उक्त प्रतिस्पर्धाबाट छानिएका अर्का बलर किरण चन्द पनि प्रशिक्षणका लागि भारत पुगेका थिए ।

आजको खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्दैछ । यो समाचार तयार पार्दासम्म सुदूरपश्चिम १५.३ ओभरमा ४ विकेट गुमाएर १२० रन बनाउँदै खेल्दैछ ।

पछिल्लो अध्यावधिक: मंसिर १८, २०८२ १७:३२