close

सञ्चार मन्त्रालय र मातहतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न सरकारको स्वीकृति

टेकपाना टेकपाना

मंसिर २३, २०८२ १७:२

सञ्चार मन्त्रालय र मातहतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न सरकारको स्वीकृति

काठमाडौँ । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र त्यसअन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण गर्ने भएको छ ।

गत २२ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय र मातहतका निकायहरूको सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको हो । सञ्चार मन्त्रालयले नै आफ्नो र अन्तर्गतका निकायहरूको संरचनागत व्यवस्थापनका लागि सर्वेक्षण गर्न मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस गरेको थियो ।

उक्त प्रस्ताव स्वीकृत भएसँगै मन्त्रालयले अब आफ्नो सांगठनिक संरचना र व्यवस्थापन पक्षको अध्ययन तथा सर्वेक्षण प्रक्रिया अघि बढाउने बाटो खुलेको छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर २३, २०८२ १७:२