close

केयूकेएलका यी शाखामा शुक्रबारदेखि आइतबारसम्म अनलाइन महसुल भुक्तानी नहुने

टेकपाना टेकपाना

मंसिर २४, २०८२ १४:२

केयूकेएलका यी शाखामा शुक्रबारदेखि आइतबारसम्म अनलाइन महसुल भुक्तानी नहुने

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का चार ओटा शाखा कार्यालयमा खानेपानी महसुलको अनलाइन भुक्तानी सेवा बन्द हुने भएको छ ।

‍एक सूचना जारी गर्दै केयूकेएलले २६ मंसिर (शुक्रबार) दिउँसो ३ बजेदेखि २८ मंसिर (आइतबार) सम्म क्षेत्रपाटी, त्रिपुरेश्वर, महाराजगञ्ज र कमलादी शाखाको अनलाइन भुक्तानी सेवा रोकिने जानकारी दिएको हो ।

कम्पनीका अनुसार क्षेत्रपाटी र त्रिपुरेश्वर शाखा एकआपसमा गाभिने तथा महाराजगञ्ज र कमलादी शाखाको सफ्टवेयर एकीकरण (इन्टिग्रेसन) गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुनेछ ।

शाखा एकीकरणपछि क्षेत्रपाटी र कमलादी शाखाका ग्राहकहरूको ग्राहक नम्बर परिवर्तन हुने केयुकेएलले जनाएको छ । नयाँ ग्राहक नम्बर सिर्जना हुने भएकाले सोबारे जानकारी लिन सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्न कम्पनीले सेवाग्राहीलाई अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २४, २०८२ १४:१८