जेडटीईका ‘नुबिया एयर’ र ‘नुबिया भी ८० डिजाइन’ स्मार्टफोन नेपाली बजारमा आउँदै, यस्ता छन् फिचर
मंसिर २६, २०८२ १७:३५
काठमाडौँ । चिनियाँ कम्पनी जेडटीईले नेपाली बजारमा आफ्ना दुई नयाँ स्मार्टफोन मोडल भित्र्याउने तयारी गरेको छ । कम्पनीले ‘नुबिया एयर’ र ‘नुबिया भी ८० डिजाइन’ छिट्टै बजारमा ल्याउन लागेको हो ।
दुवै स्मार्टफोनमा आकर्षक डिजाइन, स्मार्ट एआई सिस्टम र दिगो इन्जिनियरिङको संयोजन रहेको कम्पनीले जनाएको छ ।
नुबिया एयर (Nubia Air)
कम्पनीका अनुसार ‘नुबिया एयर’ पर्फर्मेन्स केन्द्रित स्मार्टफोन हो । यसमा ६.७८ इन्चको एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेस रेट र ४,५०० निट्स पिक ब्राइटनेस रहेको छ भने रिजोल्युसन १२२४x२७२० छ ।
एन्ड्रोइड १५ अपरेटिङ सिस्टममा चल्ने फोनमा ६ नानोमिटरको युनिसक टी८३०० (Unisoc T8300) चिपसेट प्रयोग गरिएको छ । यसमा ८ जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको छ । १६४.२ x ७६.६ x ६.७ मिलिमिटर डाइमेन्सन र १७२ ग्राम तौल भएको यो फोन हलुका भए पनि बलियो रहेको कम्पनीको दाबी छ । यो फोन धुलो तथा पानी प्रतिरोधका लागि आईपी६८ र आईपी६९के (IP68/IP69K) सर्टिफाइड छ ।
नुबिया भी ८० डिजाइन (Nubia V80 Design)
अर्को मोडल ‘नुबिया भी ८० डिजाइन’ मा ६.७५ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट रहेको छ । फोटोग्राफीका लागि यसमा ५० मेगापिक्सेलको एआई प्राइमरी क्यामेरा र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।
यस फोनको मुख्य विशेषता यसमा रहेको डेडिकेटेड रातो एआई बटन हो । यो बटनमार्फत रियल टाइम ट्रान्सलेसन, एआई राइटिङ र फ्रड डिटेक्सन (ठगी पहिचान) जस्ता सुविधा लिन सकिन्छ । साथै, यसमा रहेको ‘नुबिया लिंकफ्री’ फिचरले लोकेल कनेक्टिभिटीलाई सहज बनाउने बताइएको छ ।
एन्ड्रोइड १६ मा आधारित ‘माई ओएस १६’ मा चल्ने यस फोनमा युनिसक टी७२८० चिपसेट, ८ जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको छ । लामो समयसम्म ब्याट्री टिक्नका लागि यसमा ५००० एमएएचको ब्याट्री र २२.५ वाटको चार्जिङ सपोर्ट उपलब्ध छ ।
कम्पनीले यी फोनहरूको मूल्य नखुलाए पनि प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध गराउने जानकारी दिएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर २६, २०८२ १७:३९
