वैदेशिक अध्ययनको एनओसी लिने क्रममा आइपरेका समस्या र गुनासो सुनुवाइ गर्न छुट्टै सहायता कक्ष
पुस ११, २०८२ २१:५४
काठमाडौँ । विदेशमा अध्ययनका लागि आवश्यक पर्ने वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) को सहजीकरणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छुट्टै सहायता कक्ष सञ्चालनमा ल्याएको छ । मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै यसको जानकारी दिएको हो ।
मन्त्रालयले यसअघि देखि नै अनलाइनबाट आवेदन दिने र एनओसी जारी गर्ने सेवा दिँदै आएको छ । तर एनओसी लिएर विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने र एनओसी लिएर वैदेशिक अध्ययनका लागि गइसकेका र विदेशमा उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई एनओसीको सम्बन्धमा विभिन्न समस्या आइपर्ने गर्छन् ।
यस्तै खाले समस्या तथा गुनासो सुनुवाइ गरी सेवा प्रवाहमा सहजता प्रदान गर्न मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले सहायता कक्षको व्यवस्था गरेको हो । यससँगै अब समस्याको समाधानका लागि शाखाको फोन नम्बर ०१-६६३५४१९ मा फोन गरेर तथा [email protected] मा ईमेल गर्न सकिनेछ ।
पछिल्लो अध्यावधिक: पुस ११, २०८२ २२:०
