काठमाडौँ । ह्वावेको नेपालका लागि आधिकारिक वितरक कल मोबिलिटीले जाडो मौसम लक्षित ‘विन्टर डिल्स’ योजना ल्याएको छ । यस योजना अन्तर्गत निश्चित मोडेलका स्मार्टवाच खरिद गर्दा ग्राहकले पाँच हजार ४९० रुपैयाँ मूल्यको ‘ह्वावे फ्रिबड्स एसई २’ र टोबलरोन चकलेट उपहार पाउनेछन् ।
नेपाली बजारमा प्रिमियमदेखि बजेट सेगमेन्टका ह्वावे स्मार्टवाचहरू उपलब्ध छन् । जसमध्ये रक्तचाप मापन गर्ने विशेष प्रविधियुक्त ह्वावे वाच डी २ (Huawei Watch D2) को मूल्य ६९ हजार ४९० रुपैयाँ तोकिएको छ ।
अन्य मोडेलहरूको मूल्य यस प्रकार रहेको छ :
-
ह्वावे वाच जीटी ६ प्रो (Huawei Watch GT 6 Pro): ५४ हजार ४९० रुपैयाँ
-
ह्वावे वाच फिट ४ प्रो (Huawei Watch Fit 4 Pro): ३८ हजार ९९० रुपैयाँ
-
ह्वावे वाच जीटी ६ (४६ एमएम): ३४ हजार ४९० रुपैयाँ
-
ह्वावे वाच जीटी ५ (४६ एमएम): ३१ हजार ९९० रुपैयाँ
-
ह्वावे वाच फिट ४ (Huawei Watch Fit 4): २२ हजार ९९० रुपैयाँ
यी सबै स्मार्टवाचमा कम्पनीले एक वर्षको वारेन्टीसमेत उपलब्ध गराएको छ । ग्राहकले ह्वावे स्मार्टवाच खरिदमा फ्रिबड्स एसई २ र चकलेट प्राप्त गर्न सक्नेछन् ।
यो अफर आगामी १५ जनवरी अर्थात् १ माघसम्म मात्र सञ्चालन हुनेछ । इच्छुक ग्राहकले सुन्धारास्थित सीटीसी मलको पाँचौँ तल्लामा रहेको इफिक्स नेपाल वा अनलाइन शपिङ साइट दराजमार्फत यी घडीहरू खरिद गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: पुस २९, २०८२ १९:४४
