close

३ लाख ९९ हजार डाउन पेमेन्टमै डायुन ईभी पाइने, यस्ता छन् विशेषता

टेकपाना टेकपाना

माघ २, २०८२ १५:४१

३ लाख ९९ हजार डाउन पेमेन्टमै डायुन ईभी पाइने, यस्ता छन् विशेषता

काठमाडौँ । नेपालका लागि डायुन ईभीको आधिकारिक वितरक सीजी मोटर्सले आफ्नो विद्युतीय कार ‘डायुन ईभी’ मा सीमित अवधिका लागि नयाँ योजना सार्वजनिक गरेको छ । दिगो, किफायती र वातावरणमैत्री विद्युतीय सवारी साधनलाई नेपाली उपभोक्ताको सहज पहुँचमा पुर्‍याउने प्रतिबद्धता स्वरूप यो कार तीन लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमा उपलब्ध गराउने कम्पनीले घोषणा गरेको छ ।

नेपाली सडकको अवस्था र ड्राइभिङ आवश्यकतालाई ध्यानमा राखेर डायुन ईभी विशेष रूपमा डिजाइन गरिएको कम्पनीको भनाइ छ । ईभीले एकपटकको फुल चार्जमा ३०० किलोमिटरसम्मको यात्रा प्रदान गर्ने बताइएको छ ।

यसमा २०१ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । साथै, सहरी सडकदेखि चुनौतीपूर्ण भू-भागसम्म सवारीलाई आरामदायी, उच्च स्थिरता र आत्मविश्वासपूर्ण बनाउन फुल इन्डिपेन्डेन्ट सस्पेन्सन सिस्टम जडान गरिएको छ ।

ग्राहकलाई न्यूनतम लागतमा अधिकतम सुविधा प्रदान गर्ने उद्देश्यले सीजी मोटर्सले यो अफरसँगै विशेष प्याकेज पनि उपलब्ध गराएको छ । यसअन्तर्गत कार खरिद गर्दा एक्सचेन्ज बोनस, नगद छुट र निःशुल्क एसेसरिज प्राप्त हुनेछ । यसका साथै निःशुल्क ३.३ किलोवाट क्षमताको होम चार्जर, एक वर्षको सडक कर तथा अटो प्लस बीमा कभरेजसमेत उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: माघ २, २०८२ १६:१५