close

अनर नेपालका रिटेल साझेदारलाई भेस्पा र अप्रिलिया स्कुटर पुरस्कार

टेकपाना टेकपाना

माघ २, २०८२ १६:२६

अनर नेपालका रिटेल साझेदारलाई भेस्पा र अप्रिलिया स्कुटर पुरस्कार

काठमाडौँ । नेपालका लागि अनर एआई डिभाइसहरूको अधिकृत वितरक सेल्ट्रोन नेपाल प्रा. लि. ले आफ्ना उत्कृष्ट रिटेल साझेदारहरूलाई पुरस्कृत गरेको छ । बुटवलस्थित हायात होटलमा एक विशेष कार्यक्रम आयोजना गरी कम्पनीले दसैँ–तिहार योजना अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने साझेदारहरूलाई भेस्पा र अप्रिलिया स्कुटरहरू पुरस्कार स्वरूप प्रदान गरेको हो ।

कार्यक्रममा ३० भन्दा बढी रिटेल साझेदारहरूको सहभागिता रहेको थियो । चाडपर्व लक्षित योजनामा कम्पनीको व्यापार विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने साझेदारहरूलाई प्रोत्साहन गर्न यो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अनर नेपालका कन्ट्री हेड डेभिडले रिटेल साझेदारहरूको निरन्तर साथ र समर्थनप्रति आभार व्यक्त गरे । उनले नेपाली बजारमा अत्याधुनिक एआई प्रविधियुक्त उत्पादनहरू भित्र्याउने प्रतिबद्धता जनाउँदै आगामी दिनमा पनि रिटेल केन्द्रित योजना र प्रोत्साहनका कार्यक्रमहरूलाई निरन्तरता दिने बताए ।

सोही अवसरमा अनर उपकरणका अधिकृत सेवा प्रदायक 'इफिक्स नेपाल' (Efix Nepal) का सेवा प्रमुख विकास कुमार गोयलले बुटवलको अमरपथस्थित सिंह कम्प्लेक्समा नयाँ अनर शोरुम तथा सेवा केन्द्र सञ्चालनमा आउन लागेको जानकारी दिए । यस नयाँ केन्द्रबाट ग्राहकले बिक्रीपछिको गुणस्तरीय सेवा सहजै प्राप्त गर्न सक्ने कम्पनीको विश्वास छ ।

यस्तै, सेल्ट्रोन नेपालका सीईओ राहुल राठीले वितरकहरू आइबेरी होल्डिङ्स तथा जलविनायक ट्रेड लिङ्क लगायत सबै सहयोगी रिटेल साझेदारहरूको योगदानको उच्च प्रशंसा गरे । उनले आगामी दिनमा नेपाली बजारमा साझेदारी र वितरण सञ्जाललाई अझ सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कम्पनीको रणनीतिक योजना रहेको उल्लेख गरे ।

 

पछिल्लो अध्यावधिक: माघ २, २०८२ १६:२७