close

निर्वाचन आयोगको अपिल: आधिकारिक स्रोतलाई मात्र विश्वास गरौँ, क्लिक बेट्सबाट बचाैँ

टेकपाना टेकपाना

माघ ७, २०८२ १९:४

निर्वाचन आयोगको अपिल: आधिकारिक स्रोतलाई मात्र विश्वास गरौँ, क्लिक बेट्सबाट बचाैँ

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको अवधिमा सामाजिक सञ्जालमार्फत प्रवाह हुन सक्ने भ्रमपूर्ण ‘क्लिक बेट्स’ बाट सतर्क रहन सर्वसाधारणलाई अपिल गरेको छ । २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै आयोगले मंगलबार एक सूचनामार्फत यस्तो आग्रह गरेको हो ।

प्रयोगकर्तालाई आफ्नो लिङ्कमा क्लिक गर्न आकर्षित गर्ने उद्देश्यले राखिने सनसनीपूर्ण शीर्षक र तस्बिरहरू नै क्लिक बेट्स हुन् । यस्तो विधि मुख्यतया सामाजिक सञ्जालका पेज तथा वेबसाइटमा भिजिटरहरूको सङ्ख्या बढाउन र सस्तो प्रचार पाउन प्रयोग गरिने आयोगले जनाएको छ ।

निर्वाचनको समयमा सूचनाको विश्वसनीयता महत्त्वपूर्ण हुने भन्दै आयोगले कुनै पनि सनसनीपूर्ण वा शङ्कास्पद जानकारीको पछि नलाग्न र आधिकारिक स्रोतबाट प्राप्त हुने सूचनालाई मात्र विश्वास गर्न मतदाता तथा आम नागरिकलाई अनुरोध गरेको छ ।

 

पछिल्लो अध्यावधिक: माघ ७, २०८२ १९:२९