close

नेपाली बजारमा ‘अनर एक्स नाइन डी’ सार्वजनिक, प्रि-बुक गर्दा ५९ लाखको दीपल ईभी जित्न सकिने

टेकपाना टेकपाना

माघ १०, २०८२ १२:१८

नेपाली बजारमा ‘अनर एक्स नाइन डी’ सार्वजनिक, प्रि-बुक गर्दा ५९ लाखको दीपल ईभी जित्न सकिने

काठमाडौँ । नेपालका लागि अनरको आधिकारिक बिक्रेताले आफ्नो नयाँ स्मार्टफोन अनर एक्स नाइन डी (HONOR X9d) नेपाली बजारमा सार्वजनिक गरेको छ । शक्तिशाली कार्यक्षमता र मजबुतीलाई मुख्य विशेषता बनाएको यस फोनको लन्चसँगै कम्पनीले विशेष उपहार योजना समेत घोषणा गरेको छ ।

कम्पनीका अनुसार यो फोनको प्रि-बुकिङ गर्ने एक भाग्यशाली ग्राहकले ५८ लाख ९९ हजार ९९९ रुपैयाँ मूल्य बराबरको ‘दीपल एस०५’ ईभी जित्ने अवसर पाउनेछन् ।

फोनको प्रि-बुकिङ २०२६ जनवरी २३ देखि जनवरी २८ सम्म खुला रहनेछ । यस अवधिमा फोन बुक गर्ने ग्राहकहरूले १६ हजार रुपैयाँ बराबरको ‘अनर च्वाइस वाच २ प्रो’ (HONOR Choice Watch 2 Pro) निःशुल्क प्राप्त गर्नेछन् ।

यसका साथै, प्रि-बुकिङ गर्ने ग्राहकलाई २० हजार रुपैयाँ बराबरको विशेष सेवा प्याकेज समेत प्रदान गरिने कम्पनीले जनाएको छ । यस प्याकेजअन्तर्गत एक वर्षसम्म स्क्रिन रिप्लेसमेन्ट, ब्याक रिप्लेसमेन्ट र पानीले पुर्‍याएको क्षतिको मर्मत सुविधा समावेश गरिएको छ ।

कति छ मूल्य अनि के छन् विशेषता ? 

नेपाली बजारमा अनर एक्स नाइन डी दुई भेरियन्टमा उपलब्ध हुनेछ । ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ५४ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज मूल्य ५९ हजार ९९९ रुपैयाँ छ ।

यो स्मार्टफोनमा ८३०० एमएएचको विशाल ब्याट्री र १०८ मेगापिक्सेलको हाई रेजोलुसन क्यामेरा रहेको छ । अर्को मुख्य विशेषता यसको मजबुती हो । यसमा २.५ मिटरको उचाइबाट खस्दा पनि नफुट्ने ‘ड्रप रेसिस्टेन्स’ क्षमता र धुलो तथा पानी प्रतिरोधी आईपी६९के रेटिङ रहेको छ ।

आधुनिक प्रविधि र मजबुती खोज्ने प्रयोगकर्ताहरूका लागि यो फोन उत्कृष्ट विकल्प हुने दाबी कम्पनीले गरेको छ । इच्छुक ग्राहकले देशभरका अनरका आधिकारिक शोरुम वा रिटेल स्टोरमा गई फोन प्रि-बुक गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: माघ १०, २०८२ १२:२४