close

‘कसलाई मत दिने ?’ भन्दै आचार संहिता विपरीत अन्तर्वार्ता नलिन झापा जिल्ला प्रशासनको चेतावनी

टेकपाना टेकपाना

माघ १९, २०८२ १२:४

‘कसलाई मत दिने ?’ भन्दै आचार संहिता विपरीत अन्तर्वार्ता नलिन झापा जिल्ला प्रशासनको चेतावनी

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचन आचारसंहिता विपरीत मतदाताको गोपनीयता भङ्ग गर्ने गरी हुने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । प्रशासनले आइतबार एक सूचना जारी गर्दै कार्यालयले त्यस्ता कार्य नगर्न सचेत गराएको हो ।

सूचना अनुसार फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाइन सञ्चार माध्यमले सर्वसाधारण तथा मतदातालाई ‘कुन दल वा उम्मेदवारलाई मतदान गर्नुहुन्छ ?’ भनी प्रश्न सोध्ने गरेको र यसले मतदाताको गोपनीयता भङ्ग गरिरहेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृतद्वय अब्जन न्यौपाने र तेजप्रकाश प्रसाईंद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “यस्तो कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिताको गम्भीर उल्लङ्घन हो ।”

प्रशासनले यो सूचना जारी भएपश्चात् पनि कसैले यस्ता गतिविधि जारी राखेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ । निर्वाचनको निष्पक्षता र मतदाताको छनोटको अधिकारलाई सुरक्षित राख्न प्रशासनले सबैलाई आचारसंहिता पालना गर्न आग्रह गरेको छ ।

 

पछिल्लो अध्यावधिक: माघ १९, २०८२ १२:१०