close

नेपाली राइडर तथा भ्लगर सुरक्षा केसी इन्टाग्रामको रिल्समा फिचर्ड भएसँगै फलोइङ लिस्टमा

टेकपाना टेकपाना

फागुन ७, २०८२ १३:१

नेपाली राइडर तथा भ्लगर सुरक्षा केसी इन्टाग्रामको रिल्समा फिचर्ड भएसँगै फलोइङ लिस्टमा

काठमाडौँ । नेपाली राइडर तथा भ्लगर सुरक्षा केसीलाई इन्स्टाग्रामले आफ्नो रिल्समा फिचर्ड गर्दै उनको अकाउन्टलाई फलो समेत गरेको छ । ६ लाख २ हजार बढी फलोअर्स रहेको केसीको अकाउन्टलाई इन्स्टाग्रामले फलो गरेको हो । 

हाल इन्स्टाग्रामको अकाउन्टमा ६९ करोड ९० लाख बढी फलोअर छन् । तर इन्स्टाग्रामले २०१ अकाउन्टलाई मात्र फलो गरेको छ । उक्त फलोइङ लिस्टमा सुरक्षा केसीको ‘imsurakshyakc’ अकाउन्ट पनि देख्न सकिन्छ । 

इन्स्टाग्रामले बिहीबार ‘इन द मोमेन्ट’ क्याप्सनसहित केसीको रिल्स आफ्नो अकाउन्टबाट पोस्ट गरेको छ । जहाँ सुरक्षाले कुर्ता सुरुवालको गेटअपबाट राइडरको गेटअपमा चेन्च भएर राइड गरेको ट्रान्जिसन भिडिओ बनाएकी छिन् । 

उक्त भिडि‌ओलाई अपलोड भएको केही समयमा नै राम्रो प्रतिक्रिया समेत मिलिरहेको छ । १ लाख २५ हजार बढीले लाइक र २५ सय भन्दा धेरैले त्यसमा कमेन्ट गरेका छन् । भिडिओलाई एक करोड ६४ लाख भन्दा धेरै पटक हेरिएको छ ।

 

पछिल्लो अध्यावधिक: फागुन ७, २०८२ १३:५