परम्परागत बैङ्किङ सुविधा समेत अनलाइनबाटै दिने नविल बैङ्ककाे एनबैङ्क माइक्रोसाइट
फागुन २७, २०८२ १०:४१
काठमाडौँ । मोबाइल एपको सहजताले बैङ्क तथा वित्तीय वेबसाइट चहार्नु पर्ने आवश्यकता कम हुँदै गएको छ । तर आज हामी एउटा यस्तो वेबसाइटको कुरा गर्दैछौँ, जुन एकदमै युनिक छ । बैङ्कसम्म धाउनै पर्छ भन्ने सेवा पनि यो वेबसाइटबाट सजिलै लिन सकिन्छ ।
डिजिटल बैङ्किङ अहिले सुविधा मात्रै होइन, आवश्यकता बनिसकेको छ । यही आवश्यकतालाई बुझेर नविल बैङ्कले ल्याएको प्लेटफर्म हो, एनबैङ्क माइक्रोसाइट । यो प्लेटफर्मले परम्परागत बैङ्किङलाई डिजिटल सेवाको रूपमा एउटै प्लेटफर्ममा उपलब्ध गराएको छ ।
अनलाइनबाटै खाता खोल्ने सुविधा
नविल बैङ्कमा खाता रहेका ग्राहकले nbankbynabil.nabilbank.com वेबसाइटमा लगइन गरेर सेवा लिन र नयाँ ग्राहकले खाता खोल्न सक्नेको सुविधा राखिएका छन् । यदि तपाईँ नविल बैङ्कको ग्राहक हुनुहुन्न भने होमपेजमा रहेको अप्लाई नाउ (Apply now ) मा क्लिक गरेर अनलाइनबाट खाता खोल्न सक्नुहुन्छ ।
त्यसअघि नविल बैङ्कमा अनलाइनबाट खोल्न सकिने खाताको बारमा थप जानकारी लिन चाहनुहुन्छ भने होमपेजको बारमा रहेका डिपोजिट सेक्सनमा जान सक्नु हुन्छ । त्यहाँबाट जनरल सेभिङ, प्रिमियम रेमिटेन्स सेभिङ, एनआरएन सेभिङ, प्रिमियम नारी बचत लगायतका खाता बारे बुझ्न तथा खोल्न सकिन्छ । यसरी खाता खोल्दा भिडिओ केवाईसीको सुभिदा पनि उपलब्ध हुने भएकाले बैङ्कमा जानै पर्दैन ।
डेबिट तथा क्रेडिट कार्ड, फिक्स डिपोजिट र डेबिट रिप्लेसको आवेदन
तपाईँसँग नविलको खाता छ भने डेबिट कार्ड, क्रेडिट कार्ड, फिक्स डिपोजिट, डेबिट रिप्लेस लगायतका अन्य सेवाहरू लिन अप्लाई सेक्सन (Apply now section) बाट आवेदन दिन सक्नुहुनेछ । साथै होम पेज बारमा रहेको डिपोजिट सेक्सनभित्र गएर फिक्स डिपोजिटको बारेमा जानकारी लिनुका साथै त्यसका लागि अप्लाई (Fixed deposit apply) पनि गर्न सकिन्छ ।
कार्ड सेक्सन (Card section) बाट डेबिट र क्रेडिट कार्डको लागि अप्लाई गर्न सक्नुहुन्छ । त्यसैगरी तपाईँले नविल बैङ्कको एटीएम कार्ड लिनु भएको छ, तर साथमा छैन भने एटीएम मसिनबाट पैसा कसरी निकाल्ने भन्ने जानकारी पनि यसमा पाउन सक्नु हुनेछ ।
फिक्स डिपोजिटमा आधारित ऋण सुविधा
होमपेजको बारमा रहेको लोन सेक्सन (Loan Against Fixed Deposit) बाट फिक्स डिपोजिटमा रहेको रकमलाई धितो मानेर यहीँबाट ऋणका लागि आवेदन दिन पनि मिल्छ । त्यहाँ एनबैङ्क डिजिटल लोनको विषयमा जानकारी लिन सकिने व्यवस्था पनि मिलाइएको छ ।
रेमिटेन्स
नविल बैङ्कमा एनरेमिट (nRemit) को पनि सुविधा रहेकाे छ । यसकाे प्रयोग गरेर विश्वका १८८ देशबाट सजिलै पैसा नेपाल पठाउन सकिन्छ । त्यसको लागि send money via nRemit बटनमा क्लिक गर्नुपर्ने हुन्छ । विदेशबाट मास्टर कार्ड वा भिजा कार्ड प्रयोग गरेर नेपाल स्थित कमर्सियल बैङ्क, विकास बैङ्क र फाइनाइन्समा रहेको खातामा सजिलै पैसा पठाउन सकिन्छ । पैसा पठाउँदा कुनै शुल्क लाग्दैन । यसको लागि तपाईँसँग नविल बैङ्कको खाता हुनुपर्छ भन्ने पनि छैन ।
नविल बैङ्ककाे nbankbynabil.nabilbank.com मा मार्केट प्लेस पनि छ । यहाँ क्लिक गरेपछि मोबाइल टपअप, बिजुलीको बिल, हवाई टिकेट, खानेपानीको बिल, सरकारी भुक्तानी, दराज अनलाइनबाट शपिङ, सीजी डिजिटलका उत्पादनहरू खरिद जस्ता सुविधा लिन पाइन्छ ।
होमपेजमा सपोर्ट लेखेको ठाउँमा क्लिक गर्नुभयो भने तपाईँको जिज्ञासा र प्रश्नको उत्तर भेट्टाउन सक्नु हुन्छ । विभिन्न सेवाका भिडिओ पनि यहाँबाट हेर्न सक्नु हुनेछ । त्यत्ति मात्रै होइन, तपाईँले कसैलाई चेक दिनु भएको छ र उक्त चेक रोक्का गर्नुपर्यो वा साट्न परेन भने स्टप चेकको सुविधा पनि यसमा समावेश छ । तपाईँले स्टप गरेको चेक बैङ्कले साट्दैन ।
त्यसैगरी एक्टिभ थ्रीडी सेक्योर पनि यही माइक्रोसाइटबाट गर्न सकिन्छ । थ्रीडी सेक्याेर डेबिट र क्रेडिट कार्ड लेनदेनकाे लागि बैङ्कले बनाएकाे सुरक्षा व्यवस्था हाे । यसले बैङ्किङ काराेबारमा अनलाइनबाट हुने धाेका तथा स्क्यामबाट ग्राहकलाई बचाउँछ । याे सेवाबाट ग्राहकमा काराेबार गर्न सुरक्षित बनाइन्छ । थ्रीडी सेक्याेरका लागि ग्राहकलाई एक पटककाे लागि ओटीपी दिइन्छ ।
माइक्रोसाइटमा रहेको लगइनमा क्लिक गर्नुभयो भने तपाईँ एनबैङ्क वेबको होमपेजमा पुग्नु हुनेछ । त्यहाँबाट आफ्नो विवरण राखेर डिजिटल कारोबार पनि गर्न सकिन्छ ।
साथै तपाईँ क्विक टुलमा गएर अनलाइनबाट आफ्नो खाता ब्लक अथवा अनब्लक गर्न पनि सक्नुहुन्छ । ब्याजदरबारे जानकारी, एक्सचेन्ज रेट, ईमआई क्याल्कुलेटर, बैङ्क शाखा तथा एटीएम बुथकाे लाेकेसन र सम्पर्क आदि जानकारी पनि यो साइटमा राखिएका छन् ।
पछिल्लो अध्यावधिक: फागुन २७, २०८२ ११:५
