जुनसुकै ब्रान्डका एसीमा सीजीको नि:शुल्क सर्भिस, नयाँ खरिद गर्दा एक्स्चेन्जसँगै आकर्षक छुट
फागुन २८, २०८२ १३:५७
काठमाडौँ । गर्मी मौसमको सुरुवातसँगै दुई ठुला इलेक्ट्रोनिक्स ब्रान्ड सीजी र टीसीएलले आफ्ना ग्राहकहरूका लागि विशेष 'एसी सर्भिस क्याम्प' र आकर्षक अफरहरू सार्वजनिक गरेका छन् । सीजी इलेक्ट्रोनिक्स र टीसीएल नेपालले २४ फागुनदेखि सीमित अवधिको लागि यो योजना देशव्यापी रूपमा लागु गरेका हुन् ।
नेपालको अग्रणी ब्रान्ड सीजीले 'गर्मीको पिक, तपाईंको एसी चलोस् ठिक' भन्ने नाराका साथ नि:शुल्क एसी सर्भिसिङ क्याम्प र एक्स्चेन्ज योजना घोषणा गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूसँग जुनसुकै ब्रान्डको एसी भए तापनि त्यसको नि:शुल्क सर्भिसिङ सेवा प्राप्त गर्न सकिने सीजी इलेक्ट्रोनिक्सले जनाएको छ ।
अर्थात् जुनसुकै ब्रान्डको एसीमा सेवा शुल्क नलाग्ने गरी नि:शुल्क सर्भिसिङ सेवा दिने बताइएको छ । साथै मर्मतका क्रममा फेर्नुपर्ने सामान वा स्पेयर पार्ट्सको खरिदमा ५० प्रतिशतसम्मको भारी छुट समेत प्रदान गरिनेछ ।
जुनसुकै पुरानो एसी साटेर नयाँ सीजी मेरिडिया एसी लैजाँदा ५० प्रतिशतसम्मको थप मूल्याङ्कन प्राप्त हुनेछ । नयाँ एसीको खरिदमा सिधै २० प्रतिशतसम्मको विशेष नगद छुटको व्यवस्था पनि गरिएको छ ।
नयाँ एसी खरिद वा एक्स्चेन्ज गर्दा लाग्ने ४,००० रुपैयाँ बराबरको इन्स्टलेसन शुल्क पूर्ण रूपमा नि:शुल्क गरिएको छ । एक्स्चेन्ज गर्ने ग्राहकले ३,००० रुपैयाँ बराबरको दुईवटा सर्भिस कुपन उपहार पाउनेछन्, जुन ६ महिनासम्म मान्य हुने बताइएको छ ।
सीजी मेरिडियाका एसीहरूमा डिजिटल इन्भर्टर कम्प्रेसर, आइओटी प्रविधि र हेल्दी फिल्टर जस्ता आधुनिक सुविधाहरू छन् र यसको कम्प्रेसरमा १० वर्षको वारेन्टी उपलब्ध छ ।
साथै, ग्राहकहरूको आर्थिक भार कम गर्न नागरिकता मात्र पेस गरेर शून्य प्रतिशत सजिलो ईएमआईमा सीजीका घरायसी सामग्री खरिद गर्न सकिने व्यवस्था मिलाइएको सीजी इलेक्ट्रोनिक्सले उल्लेख गरेको छ ।
यसैगरी टीसीएलले पनि गर्मीलाई भगाउन र ग्राहकलाई सुलभ सेवा पुर्याउन विशेष अभियान सुरु गरेको छ । प्रत्येक वर्ष गर्मी सुरु हुनुअघि यस्तो अभियान चलाउँदै आएको कम्पनीले यस वर्ष पनि नि:शुल्क सर्भिस, एक्स्चेन्ज र छुटको प्याकेज ल्याएको हो ।
यस अभियानमा सहभागी हुन ग्राहकले टीसीएल वा सीजी इलेक्ट्रोनिक्सको आधिकारिक वेबसाइटमा गई पुरानो एसीको मूल्य आँकलन गर्न वा टोल-फ्री नम्बरहरूमा सम्पर्क गर्न सक्नेछन् । रजिस्ट्रेसन गरेपछि कम्पनीका टेक्निसियनले घरमै पुगेर सेवा प्रदान गर्ने टीसीएलले जनाएको छ ।
यी दुवै ब्रान्डका योजनाहरूका बारेमा थप जानकारी लिन वा सेवा बुक गर्न ग्राहकले टोल फ्री नम्बरहरू १६६-००-१००-२११ वा १६६-००-१०२-२११ मा सम्पर्क गर्न सकिनेछ । ४० वर्षभन्दा लामो इतिहास बोकेको सीजी इलेक्ट्रोनिक्सले देशभरका २१ वटा शोरुम र ४० वटा सेवा केन्द्रमार्फत उत्कृष्ट बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ । ग्राहकले आधिकारिक वेबसाइटहरू cgdigital.com.np मार्फत अनलाइन सेवा र जानकारी लिन सक्नेछन् ।
पछिल्लो अध्यावधिक: फागुन २८, २०८२ १३:५७
