ओप्पो स्मार्टफोन किन्न चाहनुहुन्छ ? यस्तो छ नेपाली बजारमा पछिल्लो मूल्य सूची
चैत ५, २०८२ १८:४९
काठमाडौँ । नेपाली बजारमा चिनियाँ स्मार्टफोन ब्रान्ड ओप्पोले आफ्ना विभिन्न मोडेलका स्मार्टफोन बिक्री गर्दै आएको छ । कम्पनीले इन्ट्री लेभलदेखि प्रिमियम फ्ल्यागसिप फोल्डेबल फोनसम्म उपलब्ध गराएको छ ।
यसअनुसार १६ हजार ९९९ रुपैयाँदेखि दुई लाख ४९ हजार ९९९ रुपैयाँसम्मका ओप्पो फोन भित्रिएका छन् ।
कम्पनीको ए-सिरिज अन्तर्गत सबैभन्दा सस्तो फोन ओप्पो ए फाइभ एक्स (४/६४ जीबी) को मूल्य १६ हजार ९९९ रुपैयाँ तोकिएको छ । यस्तै, यसै मोडेलको १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १९ हजार ४९९ र ६ जीबी र्याम भएको भेरियन्टको मूल्य २१ हजार ९९९ रुपैयाँ रहेको छ ।
मिड-रेन्जमा ओप्पो ए फाइभका विभिन्न भेरियन्टहरू २२ हजार ९९९ देखि २७ हजार ९९९ रुपैयाँसम्ममा उपलब्ध छन् । अलि शक्तिशाली फिचर खोज्नेहरूका लागि ओप्पो ए फाइभ प्रोको मूल्य ३२ हजार ९९९ र ओप्पो ए सिक्सको मूल्य ३८ हजार ९९९ रुपैयाँ कायम गरिएको छ । ए-सिरिजको महँगो फोन ए सिक्स प्रोको मूल्य ४४ हजार ९९९ रुपैयाँ रहेको छ ।
हालै सार्वजनिक ए सिक्स सिरिजमा ७००० एमएएचको ब्याट्री र ८० वाटको सुपरभोक फास्ट चार्जिङ प्रविधि रहेको छ । यस्तै, धेरैजसो फोनहरूमा एन्ड्रोइड १५ मा आधारित कलर ओएस १५, मिलिटरी ग्रेडको 'सक रेजिस्टेन्ट' र पानी तथा धुलोबाट जोगाउन आईपी६९ सम्मको रेटिङ दिइएको छ ।
उच्च गुणस्तरको क्यामेरा र प्रविधि चाहने ग्राहकका लागि ओप्पोको रेनो सिरिजका तीन मोडेल बजारमा छन् । जसमा रेनो १४ एफ फाइभजीको मूल्य ५७ हजार ९९९, हालै भित्रिएको रेनो १५ एफ फाइभजीको ६९ हजार ९९९ र रेनो १५ फाइभजीको मूल्य ८९ हजार ९९९ रुपैयाँ तोकिएको छ । यी तीनै मोडेल १२ जीबी र्याम र ५१२ जीबी स्टोरेजमा उपलब्ध छन् ।
ओप्पोको सबैभन्दा महँगो र प्रिमियम फ्ल्यागशिप फोन फाइन्ड एन फाइभको मूल्य दुई लाख ४९ हजार ९९९ रुपैयाँ रहेको छ । यसमा १६ जीबी र्याम र ५१२ जीबी स्टोरेजका साथै क्वालकमको स्न्यापड्रागन ८ एलिट चिपसेट प्रयोग गरिएको छ ।
हेर्नुहोस् मूल्य र फिचर
| S.N | Model Name | Memory & Storage | Price |
| 1 | OPPO A5x | 4GB RAM + 64GB ROM | Rs. 16,999 |
| 2 | OPPO A5x | 4GB RAM + 128GB ROM | Rs. 19,499 |
| 3 | OPPO A5x | 6GB RAM + 128GB ROM | Rs. 21,999 |
| 4 | OPPO A5 | 6GB RAM + 128GB ROM | Rs. 22,999 |
| 5 | OPPO A5 | 8GB RAM + 128GB ROM | Rs. 24,999 |
| 6 | OPPO A5 | 8GB RAM + 256GB ROM | Rs. 27,999 |
| 7 | OPPO A5 Pro | 8GB RAM + 256GB ROM | Rs. 32,999 |
| 8 | OPPO A6 | 8GB RAM + 256GB ROM | Rs. 38,999 |
| 9 | OPPO A6 Pro | 8GB RAM + 256GB ROM | Rs. 44,999 |
| 10 | Reno 14F 5G | 12GB RAM + 512GB ROM | Rs. 57,999 |
| 11 | Reno 15F 5G | 12GB RAM + 512GB ROM | Rs. 69,999 |
| 12 | Reno 15 5G | 12GB RAM + 512GB ROM | Rs. 89,999 |
| 13 | Find N5 | 16GB RAM + 512GB ROM | Rs. 2,49,999 |
पछिल्लो अध्यावधिक: चैत ५, २०८२ १९:५
