close

शपथ लिएको एक घण्टामै प्रधानमन्त्री कार्यालयको वेबसाइटमा बालेनको फोटो अपडेट

टेकपाना टेकपाना

चैत १३, २०८२ १४:१८

शपथ लिएको एक घण्टामै प्रधानमन्त्री कार्यालयको वेबसाइटमा बालेनको फोटो अपडेट

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयको वेबसाइटमा नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को तस्बिर अपडेट गरिएको छ । शुक्रबार मध्यान्ह साढे १२ बजे प्रधानमन्त्री पदको शपथ लिएको एक घण्टामै वेबसाइटमा उनको तस्बिर राखिएको हो ।

यसअघि वेबसाइटमा निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीको तस्बिर थियो । उक्त तस्बिरलाई हटाएर नवनियुक्त प्रधानमन्त्री शाहको तस्बिर राखिएको हो ।

जेन-जी विद्रोहका क्रममा २४ भदौमा केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसको तीन दिनपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । त्यतिबेला नयाँ सरकार बनेको लामो समयसम्म पनि कार्यालयको वेबसाइटमा पूर्वप्रधानमन्त्री ओलीकै तस्बिर रहनुका साथै नयाँ प्रधानमन्त्री कार्कीको विवरण नराखिँदा व्यापक आलोचना भएको थियो ।

तर, यसपटक भने प्रधानमन्त्रीमा बालेन नियुक्त भएको केही समयमै वेबसाइट अद्यावधिक गरिएको छ ।

पछिल्लो अध्यावधिक: चैत १३, २०८२ १५:१३