महिलाको फोटोमा अश्लील कमेन्ट गरेको आरोपमा रेस्लर भगवती खड्का ‘युनिका’ पक्राउ
चैत १७, २०८२ १८:४४
काठमाडौँ । सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा रेस्लर भगवती खड्का (युनिका) पक्राउ परेकी छन् । नेपाल प्रहरीको साइबर ब्युरोले खड्कालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको आरोपमा मंगलबार ३५ वर्षीया खड्कालाई काठमाडौँबाट नियन्त्रणमा लिएको हो ।
“महिलाको फोटोमा अश्लील कमेन्ट गरी सार्वजनिक रूपमा बेइज्जत गराई, घृणा, द्वेष फैलाइ चरित्रहत्या गरेको भन्दै निवेदन परेको थियो,” प्रहरी उपरीक्षक गिरीले भने, “प्राविधिक अनुसन्धानबाट भगवती खड्काको संलग्नता देखिएपछि अदालतबाट अनुमति लिएर नियन्त्रणमा लिएका हौँ ।”
यस घटनामा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद लिई खड्कामाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
पछिल्लो अध्यावधिक: चैत १७, २०८२ १८:५८
