close

सफ्टवेयर कम्पनी ‘विधि’ को १२ वर्ष पूरा, २०० भन्दा बढी संस्थामा पुग्यो सेवा

टेकपाना टेकपाना

चैत २५, २०८२ २२:३९

सफ्टवेयर कम्पनी ‘विधि’ को १२ वर्ष पूरा, २०० भन्दा बढी संस्थामा पुग्यो सेवा

काठमाडौँ । सफ्टवेयर कम्पनी विधि प्रालिले आफ्नो स्थापनाको १२ औं वार्षिकोत्सव मनाएको छ । सन् २०१४ देखि सञ्चालनमा आएको यस कम्पनीले विभिन्न उद्योग तथा कर्पोरेट ग्राहकहरूलाई कस्टमाइज्ड सफ्टवेयर समाधान उपलब्ध गराउँदै आएको छ ।

हाल विधिको एचआर तथा पेरोल सफ्टवेयर नेपालभरका २०० भन्दा बढी कम्पनीहरूले प्रयोग गरिरहेका छन् । विशेषगरी निर्माण र जलविद्युत् क्षेत्रका लागि कम्पनीले विकास गरेको ईआरपी सोलुसन उपलब्ध गराएको छ । विधिका अनुसार १०० भन्दा बढी ठूला कम्पनीहरूमा ईआरपी प्रयोगमा आएको छ ।

निर्माण क्षेत्रका प्रतिष्ठित कम्पनीहरू शर्मा एण्ड कम्पनी, कालिका कन्स्ट्रक्सन र हिमालयन बिल्डर्स विधिको ईआरपी सिस्टमका प्रमुख प्रयोगकर्ता हुन् । त्यस्तै, जलविद्युत् क्षेत्रका अपर त्रिशूली, भूगोल हाइड्रोपावर र तनहुँ हाइड्रोपावर जस्ता ठूला परियोजनाहरूले समेत विधिको सफ्टवेयर अपनाएका छन् ।

१२ औं वार्षिकोत्सवका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले प्रविधिको माध्यमबाट व्यवसायहरूलाई सहजता प्रदान गर्ने यात्रामा सहभागी सम्पूर्ण टिम, ग्राहक र साझेदारहरूप्रति आभार व्यक्त गरे । उनले भने, “प्रविधिको विकाससँगै हामीले पनि आफूलाई परिष्कृत गर्दै लगेका छौं । १२ वर्षको यो यात्रा हाम्रा लागि गौरवको विषय हो ।”

 

पछिल्लो अध्यावधिक: चैत २५, २०८२ २२:३९