close

सूचना प्रविधि क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गरिने, आईटी प्रवर्द्धन बोर्ड गठनको तयारी

टेकपाना टेकपाना

बैशाख १, २०८३ १७:४२

सूचना प्रविधि क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गरिने, आईटी प्रवर्द्धन बोर्ड गठनको तयारी

काठमाडौँ । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रलाई मुलुकको अर्थतन्त्रसँग जोड्ने योजना अघि सारेको छ । सरकारले मङ्गलबार सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदामा सूचना प्रविधि क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ का रूपमा घोषणा गर्ने प्रस्ताव गरिएको हो ।

मस्यौदामा भनिएको छ, “सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगको रुपमा घोषणा गरिनुका साथै आईटी प्रवर्द्धन वोर्ड गठन गरिनेछ ।”

त्यस्तै सरकारले डिजिटल अर्थतन्त्रलाई मुलुकको आर्थिक समृद्धिको मुख्य आधार बनाउने लक्ष्य राखेको छ । मस्यौदामा भनिएको छ, “डिजिटल अर्थतन्त्रलाई आर्थिक वृद्धि, उच्च उत्पादकत्व र गुणस्तरीय रोजगारी सिर्जनाको प्रमुख क्षेत्रको रूपमा विकास गरिनेछ ।”

पछिल्लो अध्यावधिक: बैशाख १, २०८३ १८:१५