close

एसईई दिएका विद्यार्थीका लागि ‘इन्स्पायर सिरिज’ ल्याउँदै शिक्षा मन्त्रालय

टेकपाना टेकपाना

बैशाख ३, २०८३ १५:४६

एसईई दिएका विद्यार्थीका लागि ‘इन्स्पायर सिरिज’ ल्याउँदै शिक्षा मन्त्रालय

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर फुर्सदमा रहेका विद्यार्थीहरूलाई सिर्जनात्मक कार्यमा जोड्न र सामाजिक सञ्जालको सही सदुपयोग गर्न सिकाउने उद्देश्यले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘इन्स्पायर सिरिज’ (Inspire Series) सुरु गर्ने भएको छ ।

शिक्षामन्त्री सस्मित पोखरेलले बिहीबारदेखि मन्त्रालयका विभिन्न डिजिटल प्लेटफर्ममार्फत यो सिरिज सार्वजनिक गर्न लागिएको जानकारी दिएका हुन् । 

शृङ्खलामार्फत विभिन्न क्षेत्रमा स्थापित र सफल व्यक्तित्वहरूको अनुभव, सङ्घर्ष तथा उपलब्धिपूर्ण कथाहरू भिडिओका रूपमा प्रस्तुत गरिनेछ । विद्यार्थीहरूलाई भविष्यको मार्गचित्र कोर्न मद्दत पुगोस् भन्ने हेतुले यो कार्यक्रम ल्याइएको मन्त्री पोखरेलले बताए ।

उनले भनेका छन्, “तपाईँहरू भविष्यमा फरक फरक क्षेत्रमा जानुहुन्छ भन्ने हामीले बुझेका छौँ । त्यसैले हामीले आजबाट इन्सपायर सिरिज सार्वजनिक गरेका छौँ ।” 

यस सिरिजले विद्यार्थीको फुर्सदको समयलाई उत्पादनमूलक बनाउन, नयाँ सम्भावनाहरू खोज्न र भविष्यका लागि उपयुक्त विधा रोज्न ठोस सहयोग पुर्‍याउने विश्वास मन्त्रालयले लिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८३ १५:४७