close

सरकारका १०० कार्यसूची ट्र्याक गर्ने प्रतिपक्षको अनलाइन भोटिङः ९७% मत सुकुम्वासी बस्ती हटाउने पक्षमा

टेकपाना टेकपाना

बैशाख ११, २०८३ ११:०

सरकारका १०० कार्यसूची ट्र्याक गर्ने प्रतिपक्षको अनलाइन भोटिङः ९७% मत सुकुम्वासी बस्ती हटाउने पक्षमा

काठमाडौँ । अनलाइन भोटिङमा काठमाडौँ, थापाथली स्थित सुकुम्वासी बस्ती हटाउने सरकारको कदमको पक्षमा ९५% देखिएका छन् । सरकारको १०० कार्यसूची ट्र्याक गर्ने बनेको प्रतिपक्ष डटकम (pratipakchya.com) ले बिहीबारदेखि सुरु गरेको भोटिङ अधिकांश प्रयोगकर्ता अतिक्रमित सार्वजनिक जग्गा हटाउने पक्षमा खुलेका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा प्रमुखहरूलाई केही दिन अघि थापाथलीको बागमती किनारमा रहेको सुकुम्वासी बस्ती हटाउन निर्देशन दिएको समाचार बाहिरिएको थियो । सोही अनुसार बिहीबार उक्त क्षेत्रमा प्रहरीले माइकिङ गर्दै शुक्रबार साँझसम्म बस्ती खाली गर्न भनेको थियो । शनिबार बिहानैदेखि सो क्षेत्रमा रहेका संरचना हटाउने सरकारको तयारी छ ।

सरकारको यही कदमलाई लिएर प्रतिपक्षले अनलाइन भोटिङ सुरु गरेको हो । यो समाचार तयार पार्दासम्म सुकुम्वासी बस्ती हटाउने विषयको सन्दर्भमा कूल २९९ भोट खसेका छन् । जसमा २८४ (९५%) सुकुम्वासी बस्ती हटाउनु पर्ने पक्षमा र १५ (५%) भोट विपक्षमा खसेको देखिएको छ ।

प्रतिपक्ष डटकमले हालसम्म सरकारका विभिन्न ६० वटा कदमहरू प्रति समर्थन रहे नरहेको विषयमा भोटिङ गराएको छ । 'जनताको मूल्याङ्कन' अन्तर्गतका विभिन्न शीर्षकमा यी भोटिङहरूमा हालसम्म गरी कूल १ लाख ६ हजार ५८५ मत खसेका छन् । जसमध्ये सरकारका कदममा औसत सहमति ९२% रहेको उल्लेख छ ।

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८३ ११:१