close

नेपाल भित्रियो रियलमीको फ्ल्यागशिप फोन ‘जीटी ८ प्रो’, मूल्य डेढ लाख रुपैयाँदेखि

टेकपाना टेकपाना

बैशाख १६, २०८३ १९:५०

नेपाल भित्रियो रियलमीको फ्ल्यागशिप फोन ‘जीटी ८ प्रो’, मूल्य डेढ लाख रुपैयाँदेखि

काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो बहुप्रतीक्षित फ्ल्यागशिप सिरिज ‘रियलमी जीटी ८ प्रो’ (realme GT 8 Pro) नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । उच्च कार्यक्षमता र इनोभेसनमा केन्द्रित फोनमा २०० मेगापिक्सेलको अल्ट्रा-लाइट पेरिस्कोप टेलिफोटो क्यामेरा र ७,००० एमएएचको ‘टाइटन ब्याट्री’ जडान गरिएको छ ।

‘रिकोह जीआर’ (RICOH GR) इमेजिङ सिस्टममा आधारित क्यामेराले तस्बिरको गुणस्तरमा कुनै सम्झौता नगरी टाढाको दृश्यलाई पनि स्पष्ट र विस्तृत रूपमा कैद गर्न सक्ने कम्पनीको दाबी छ । भिडिओका लागि यसले ८के (8K) ३० एफपीएस र फोरके १२० एफपीएससम्मको रेकर्डिङ सपोर्ट गर्छ ।

रियलमी जीटी ८ प्रोमा स्न्यापड्रागन ८ एलिट जेन फाइभ फ्ल्यागशिप प्रोसेसर प्रयोग गरिएको छ । पर्फमेन्सलाई सुदृढ बनाउन यसमा ‘हाइपर भिजन प्लस एआई’ चिप राखिएको छ । यो संयोजनले गेमिङ, मल्टिटास्किङ र कन्टेन्ट क्रिएसनका क्रममा उच्च कार्यक्षमता, उत्कृष्ट ऊर्जा दक्षता र सहज अनुभव सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

७,००० एमएएच क्षमताको ब्याट्री छिटो चार्ज गर्न १२० वाटको सुपरभोक फ्ल्याश चार्जिङ र ५० वाटको वायरलेस चार्जिङ सुविधा उपलब्ध छ । फोनमा १४४ हर्ज रिफ्रेस रेटसहितको ‘टूके अल्ट्रा-ब्राइट’ डिस्प्ले छ । जसको पिक ब्राइटनेस ७००० निट्ससम्म पुग्छ । यसले कडा घाममा पनि स्क्रिनलाई स्पष्ट देखाउने बताइएको छ ।

नेपाली बजारमा १६ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध यो स्मार्टफोन दुई रङमा खरिद गर्न सकिन्छ । ‘विन्ड मुभ्स ह्वाइट’ (Wind Moves White) को मूल्य एक लाख ४९ हजार ९९९ रुपैयाँ र ‘एस्टन मार्टिन ग्रिन’ को मूल्य एक लाख ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

कम्पनीले देशभरका आफ्ना आधिकारिक स्टोरहरूबाट यो फोन खरिद गर्न सकिने र उपभोक्ताको सहजताका लागि शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधासमेत उपलब्ध गराएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८३ १९:५४