close

युट्युबको पिक्चर-इन-पिक्चर फिचर विश्वभरका सबै प्रयोगकर्ताका लागि उपलब्ध, के हो यसको काम ?

टेकपाना टेकपाना

बैशाख १८, २०८३ १२:६

युट्युबको पिक्चर-इन-पिक्चर फिचर विश्वभरका सबै प्रयोगकर्ताका लागि उपलब्ध, के हो यसको काम ?

काठमाडौं । युट्युबले आफ्नो लोकप्रिय पिक्चर-इन-पिक्चर (PiP) फिचर विश्वव्यापी रूपमा सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध गराउने घोषणा गरेको छ । युट्युबका अनुसार यो सुविधाले प्रयोगकर्ताहरूलाई युट्युब एपबाट बाहिर निस्किएर अन्य कार्यहरू गर्दा पनि एउटा सानो प्लेयरमा भिडिओलाई निरन्तर रूपमा हेर्ने सुविधा दिन्छ । 

यससँगै यो सुविधा अमेरिका बाहिरका एन्ड्रोइड र आईओएस प्रयोगकर्ताहरूका लागि समेत आउँदा केही दिनमा उपलब्ध हुनेछ । जुन म्युजिक बाहेकका लामा भिडिओहरूका लागि उपलब्ध गराइनेछ । तर प्रिमियम सब्सक्रिप्सन लिएका प्रयोगकर्ताले भने म्युजिक र गैर म्युजिक  दुवै खाले भिडिओमा यो फिचर प्रयोग गर्न पाउनेछन् । 

कुनै पनि भिडिओ चलिरहेको बेला एपबाट बाहिर निस्कन केवल माथितिर स्वाइप (swipe up) गरेर वा होम बटन थिचेर यो सुविधा प्रयोग गर्न सकिनेछ । यसो गर्दा भिडिओ स्वतः एउटा सानो प्लेयरमा परिवर्तन हुनेछ, जसलाई प्रयोगकर्ताले आफ्नो स्क्रिनको जुनसुकै स्थानमा सार्न सक्नेछन् ।

यदि कुनै कारणवश यो फिचरले काम गरेन भने प्रयोगकर्ताले आफ्नो युट्युब एपको सेटिङ वा डिभाइसको सेटिङ अपडेट गर्नुपर्ने हुन सक्छ । आईओएस प्रयोगकर्ताहरूका लागि यो सुविधा प्रयोग गर्न iOS 15.0 वा सोभन्दा माथिको भर्सन आवश्यक पर्ने जस्ता प्राविधिक सर्तहरू तोकिएका छन् । 

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८३ १२:६