ट्राफिक नियम उल्लङ्घन जरिवानाको भुक्तानी प्रणाली दिउँसो ४ बजेसम्म अवरुद्ध हुने, यस्तो छ कारण
बैशाख २२, २०८३ १४:०
काठमाडौँ । नेपाल प्रहरीले सञ्चालन गर्दै आएका अनलाइन ट्राफिक जरिवाना र भर्ना छनौटको भुक्तानी सेवा अवरुद्ध हुने भएको छ । महालेखा नियन्त्रक कार्यालयको प्रणालीमा प्राविधिक मर्मत भइरहेकाले सेवा प्रभावित हुने प्रहरीले जनाएको छ ।
प्रहरीको सूचना अनुसार महालेखा नियन्त्रक कार्यालयमार्फत सञ्चालनमा रहेको ‘राजस्व व्यवस्थापन सूचना प्रणाली’मा प्राविधिक मर्मत सम्भारको कार्य भइरहेको छ । यसका कारण अनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणाली र अनलाइन भर्ना छनौट प्रक्रियाको भुक्तानी सेवा प्रयोग पनि मा अवरोध हुने बताइएको छ ।
प्राविधिक मर्मतका आज दिउँसो ४ बजेसम्म यी सेवा बन्द रहने प्रहरीले जनाएको छ । जरिवाना वा भर्ना शुल्क बुझाउन चाहने सेवाग्राहीहरूलाई सो समय पश्चात् मात्र प्रयास गर्न आग्रह गरिएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २२, २०८३ १४:०
