close

राष्ट्रिय परिचयपत्रको प्रणालीमा समस्या, नम्बर स्वीकृत र डेटा लिंकमा अवरोध

टेकपाना टेकपाना

बैशाख २३, २०८३ ११:२

राष्ट्रिय परिचयपत्रको प्रणालीमा समस्या, नम्बर स्वीकृत र डेटा लिंकमा अवरोध

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीमा प्राविधिक समस्या देखिएपछि राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित र अन्य अन्तर-आबद्ध सेवा प्रभावित भएका छन् । गत आइतबारदेखि देखिएको यो समस्याका कारण विशेषगरी राहदानी बनाउन चाहने र परिचयपत्रको नम्बर पर्खिरहेका सेवाग्राहीहरू मर्कामा परेका छन् ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक कमलप्रसाद पाण्डेका अनुसार अहिले जैविक विवरण (बायोमेट्रिक) लिने कार्य भइरहे पनि नम्बर स्वीकृत (एप्रुभ) गर्ने र अन्य निकायको डेटासँग रुजु गर्ने प्रक्रियामा अवरोध आएको छ ।

“परिचयपत्रका लागि विवरण संकलन भई नम्बर जेनेरेट भए पनि त्यसलाई अन्य सेवाहरू, जस्तै राहदानी विभागको प्रणालीसँग लिंक र भ्यालिडेट गर्न सकिएको छैन,” निर्देशक दाहालले भने ।

राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) मा समस्या आएपछि विभागको प्राविधिक टोलीले उक्त समस्या समाधानका काम गरिरहेको उनले बताए । उनले सम्भवतः आज (बुधबार) सम्ममा यो समस्या समाधान भई सेवा पुनः सञ्चालन हुने विश्वास व्यक्त गरे ।

 

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८३ १३:५६