close

आईटी क्षेत्रलाई सरकारले 'राष्ट्रिय रणनीतिक उद्योग' को रूपमा घोषणा गर्ने

टेकपाना टेकपाना

बैशाख २८, २०८३ १७:११

आईटी क्षेत्रलाई सरकारले 'राष्ट्रिय रणनीतिक उद्योग' को रूपमा घोषणा गर्ने

काठमाडौँ । सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा घोषणा गर्ने भएको छ । सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एआई कम्प्युटेसनको निर्यात प्रवर्द्धन र उच्च क्षमताका डेटा सेन्टरहरू निर्माण गर्ने योजना सार्वजनिक गरेका हुन् ।

राष्ट्रपति पौडेलले भने, “सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीति उद्योग घोषणा गरी सफ्टवेयर, डिजिटल सेवा, क्लाउड सेवा, साइबर सुरक्षा, हरित कम्प्युटिङ र एआई कम्प्युटेसनको निर्यातलाई प्रवर्द्धन गरिनेछ । डिजिटल पार्क, उच्च क्षमताका डेटा सेन्टर र सार्वजनिक डिजिटल पूर्वाधार विकास गरी नेपाललाई टेक हबका रूपमा अघि बढाइनेछ ।”

राष्ट्रपतिले अगाडि भने, “आईटी निर्यात उद्योगलाई वित्तीय सहुलियत, लगानी सहजीकरण, सरकारी सहलगानीसहित अनुसन्धान तथा नवप्रवर्तन खर्चमा कर छुट उपलब्ध गराइनेछ ।”

 

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८३ १७:११