close

नेपालको अर्थतन्त्र आज एउटा संवेदनशील मोडमा उभिएको छ । विगत दुई दशकदेखि नेपालको आर्थिक संरचना मुख्यतः वैदेशिक रोजगारी र रेमिटेन्समा आधारित रहँदै आएको छ । लाखौँ नेपाली युवाहरू रोजगारीको खोजीमा बिदेसिएका छन् र उनीहरूले पठाएको रेमिटेन्सले देशको अर्थतन्त्रलाई धानेको छ...