काठमाडौँ । आफूले पटक-पटक निर्देशन दिँदा पनि एक वर्षसम्म फाइभजी सेवा सुरु नभएको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार सञ्चार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८...
